शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

यस्तो छ आज मंगलवारको विदेशी मुद्राको विनिमयदर

मंगलवार , जेठ १६, २०८०

काठमाडौं,१६ जेठ – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ १६ गते मंगलवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ९१ पैसा र विक्रीदर १३२ रुपैयाँ ५१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ३५ पैसा र विक्रीदर १४१ रुपैयाँ ९९ पैसा रहेको छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ८७ पैसा र विक्रीदर १६३ रुपैयाँ ६१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४५ रुपैयाँ ९३ पैसा र विक्रीदर १४६ रुपैयाँ ५९ पैसा रहेको ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ २४ पैसा र विक्रीदर ८६ रुपैयाँ ६३ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०० पैसा र विक्रीदर ९७ रुपैयाँ ४४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैया ४८ पैसा र विक्रीदर ९७ रुपैयाँ ९३ पैसा रहेको छ ।

यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ४१ पैसा र विक्रीदर ९ रुपैयाँ ४५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ६४ पैसा र विक्रीदर १८ रुपैयाँ ७३ पैसा रहेको छ ।

उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १७ पैसा र विक्रीदर ३५ रुपैयाँ ३३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र विक्रीदर ३६ रुपैयाँ ३५ पैसा रहेको छ ।

थाही भाट एकको खरिदर ३ रुपैयाँ ८० पैसा र विक्रीदर ३ रुपैयाँ ८१ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९२ पैसा र विक्रीदर ३६ रुपैयाँ ०८ पैसा रहेको छ ।

मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ६४ पैसा र विक्रीदर २८ रुपैयाँ ७८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९६ पैसा र विक्रीदर १० रुपैयाँ ०१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ १७ पैसा र विक्रीदर १२ रुपैयाँ २३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९८ पैसा र विक्रीदर १९ रुपैयाँ ०६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८५ पैसा र विक्रीदर १६ रुपैयाँ ९३ पैसा रहेको छ ।

कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ९७ पैसा र विक्रीदर ४३० रुपैयाँ ७४ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४९ रुपैयाँ ९० पैसा र विक्रीदर ३५१ रुपैयाँ ४९ पैसा रहेको छ ।

प्रतिक्रिया