काठमाडौं,४ जेठ – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ ४ गते बिहिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ५२ पैसा र विक्रीदर १३२ रुपैयाँ १२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ४३ पैसा र विक्रीदर १४३ रुपैयाँ ०८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ ७३ पैसा र विक्रीदर १६४ रुपैयाँ ४६ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ २६ पैसा र विक्रीदर १४६ रुपैयाँ ९२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४८ पैसा र विक्रीदर ८७ रुपैयाँ ८८ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४३ पैसा र विक्रीदर ९७ रुपैयाँ ८७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैय ९१ पैसा र विक्रीदर ९८ रुपैयाँ ३६ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६० पैसा र विक्रीदर ९ रुपैयाँ ६४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र विक्रीदर १८ रुपैयाँ ८९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०७ पैसा र विक्रीदर ३५ रुपैयाँ २३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०९ पैसा र विक्रीदर ३६ रुपैयाँ २६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३ रुपैयाँ ८६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ८२ पैसा र विक्रीदर ३५ रुपैयाँ ९८ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ०७ पैसा र विक्रीदर २९ रुपैयाँ २० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८४ पैसा र विक्रीदर ९ रुपैयाँ ८८ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५७ पैसा र विक्रीदर १२ रुपैयाँ ६२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८० पैसा र विक्रीदर १६ रुपैयाँ ८८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ २१ पैसा र विक्रीदर ४३० रुपैयाँ १६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ ८६ पैसा र विक्रीदर ३५० रुपैयाँ ४६ पैसा रहेको छ ।
