काठमाडौं,३ बैशाख – नेपाल राष्ट्र बैंकले २०८० साल जेठ ३ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ २४ पैसा र विक्रीदर १३१ रुपैयाँ ८४ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ९५ पैसा र विक्रीदर १४३ रुपैयाँ ६१ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६४ रुपैयाँ ५३ पैसा र विक्रीदर १६५ रुपैयाँ २८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ९२ पैसा र विक्रीदर १४७ रुपैयाँ ५९ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७२ पैसा र विक्रीदर ८८ रुपैयाँ १२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ४५ पैसा र विक्रीदर ९७ रुपैयाँ ८९ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय २३ पैसा र विक्रीदर ९८ रुपैयाँ ६८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६६ पैसा र विक्रीदर ९ रुपैयाँ ७१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ८४ पैसा र विक्रीदर १८ रुपैयाँ ९३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ ०० पैसा र विक्रीदर ३५ रुपैयाँ १६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ०० पैसा र विक्रीदर ३६ रुपैयाँ १ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८६ पैसा र विक्रीदर ३ रुपैयाँ ८८ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र विक्रीदर ३५ रुपैयाँ ९० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ १७ पैसा र विक्रीदर २९ रुपैयाँ ३० पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८० पैसा र विक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६८ पैसा र विक्रीदर १२ रुपैयाँ ७४ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २० पैसा र विक्रीदर १९ रुपैयाँ २९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७४ पैसा र विक्रीदर १६ रुपैयाँ ८२ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२८ रुपैयाँ ७३ पैसा र विक्रीदर ४२९ रुपैयाँ ६८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४८ रुपैयाँ १२ पैसा र विक्रीदर ३४९ रुपैयाँ ७१ पैसा रहेको छ ।
