काठमाडौं,१० बैशाख – नेपाल राष्ट्र बैंकले २०८० साल बैशाख १० गते आइतवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ०५ पैसा र विक्रीदर १३१ रुपैयाँ ६५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ५० पैसा र विक्रीदर १४४ रुपैयाँ १६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ २४ पैसा र विक्रीदर १६२ रुपैयाँ ९८ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४६ रुपैयाँ ५२ पैसा र विक्रीदर १४७ रुपैयाँ १९ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६४ पैसा र विक्रीदर ८८ रुपैयाँ ०४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ८९ पैसा र विक्रीदर ९७ रुपैयाँ ३४ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय १४ पैसा र विक्रीदर ९८ रुपैयाँ ५८ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८० पैसा र विक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०२ पैसा र विक्रीदर १९ रुपैयाँ ११ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९४ पैसा र विक्रीदर ३५ रुपैयाँ १० पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र विक्रीदर ३६ रुपैयाँ ०३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३ रुपैयाँ ८३ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र विक्रीदर ३५ रुपैयाँ ८५ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ५३ पैसा र विक्रीदर २९ रुपैयाँ ६७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ८६ पैसा र विक्रीदर ९ रुपैयाँ ९० पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६७ पैसा र विक्रीदर १२ रुपैयाँ ७३ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २५ पैसा र विक्रीदर १९ रुपैयाँ ३४ पैसा रहेको छ भने हङकङ डलर खरिदर १६ रुपैयाँ ७० पैसा र विक्रीदर १६ रुपैयाँ ७७ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ६९ पैसा र विक्रीदर ४२९ रुपैयाँ ६५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ६५ पैसा र विक्रीदर ३४९ रुपैयाँ २४ पैसा रहेको छ ।
