काठमाडौं,२९ चैत – नेपाल राष्ट्र बैंकले २०७९ साल चैत २९ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३१ रुपैयाँ ११ पैसा र विक्रीदर १३१ रुपैयाँ ७१ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४३ रुपैयाँ ०९ पैसा र विक्रीदर १४३ रुपैयाँ ७५ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ १२ पैसा र विक्रीदर १६३ रुपैयाँ ८७ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४४ रुपैयाँ ९२ पैसा र विक्रीदर १४५ रुपैयाँ ५८ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ २९ पैसा र विक्रीदर ८७ रुपैयाँ ६९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ११ पैसा र विक्रीदर ९७ रुपैयाँ ५६ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ४६ पैसा र विक्रीदर ९८ रुपैयाँ ९१ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८५ पैसा र विक्रीदर ९ रुपैयाँ ८९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०४ पैसा र विक्रीदर १९ रुपैयाँ १३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ९५ पैसा र विक्रीदर ३५ रुपैयाँ ११ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र विक्रीदर ३६ रुपैयाँ ०६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८३ पैसा र विक्रीदर ३ रुपैयाँ ८५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र विक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ६७ पैसा र विक्रीदर २९ रुपैयाँ ८१ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९१ पैसा र विक्रीदर ९ रुपैयाँ ९६ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५२ पैसा र विक्रीदर १२ रुपैयाँ ५८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ २० पैसा र विक्रीदर १९ रुपैयाँ २९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ७० पैसा र विक्रीदर १६ रुपैयाँ ७८ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२७ रुपैयाँ ९६ पैसा र विक्रीदर ४२९ रुपैयाँ ९२ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ७८ पैसा र विक्रीदर ३४९ रुपैयाँ ३७ पैसा रहेको छ ।
