काठमाडौं,२४ चैत – नेपाल राष्ट्र बैंकले २०७९ साल चैत २४ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ७२ पैसा र विक्रीदर १३१ रुपैयाँ ३२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ५२ पैसा र विक्रीदर १४३ रुपैयाँ १८ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६२ रुपैयाँ ८७ पैसा र विक्रीदर १६५ रुपैयाँ ६२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४४ रुपैयाँ ३९ पैसा र विक्रीदर १४५ रुपैयाँ ०६ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ४७ पैसा र विक्रीदर ८७ रुपैयाँ ८७ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ०२ पैसा र विक्रीदर ९७ रुपैयाँ ४७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ३५ पैसा र विक्रीदर ९८ रुपैयाँ ८० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९५ पैसा र विक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ०१ पैसा र विक्रीदर १९ रुपैयाँ ०९ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ८५ पैसा र विक्रीदर ३५ रुपैयाँ ०१ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६० पैसा र विक्रीदर ३५ रुपैयाँ ७७ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३ रुपैयाँ ८५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५९ पैसा र विक्रीदर ३५ रुपैयाँ ७६ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ७२ पैसा र विक्रीदर २९ रुपैयाँ ८५ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९० पैसा र विक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५३ पैसा र विक्रीदर १२ रुपैयाँ ५९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ १३ पैसा र विक्रीदर १९ रुपैयाँ २२ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६५ पैसा र विक्रीदर १६ रुपैयाँ ७३ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ १० पैसा र विक्रीदर ४२८ रुपैयाँ ०६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४६ रुपैयाँ ७२ पैसा र विक्रीदर ३४८ रुपैयाँ ३२ पैसा रहेको छ ।
