काठमाडौं,३ चैत – नेपाल राष्ट्र बैंकले २०७९ साल चैत ३ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ०८ पैसा र विक्रीदर १३२ रुपैयाँ ६८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ २० पैसा र विक्रीदर १४० रुपैयाँ ८४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ ०९ पैसा र विक्रीदर १५९ रुपैयाँ ८१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४२ रुपैयाँ १९ पैसा र विक्रीदर १४२ रुपैयाँ ८४ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ७९ पैसा र विक्रीदर ८८ रुपैयाँ १९ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ०६ पैसा र विक्रीदर ९६ रुपैयाँ ५० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ०छ पैसा र विक्रीदर ९८ रुपैयाँ ५० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९४ पैसा र विक्रीदर ९ रुपैयाँ ९९ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ १७ पैसा र विक्रीदर ३५ रुपैयाँ ३३ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १८ पैसा र विक्रीदर ३६ रुपैयाँ ३४ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८४ पैसा र विक्रीदर ३ रुपैयाँ ८६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र विक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ३३ पैसा र विक्रीदर २९ रुपैयाँ ४६ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०६ पैसा र विक्रीदर १० रुपैयाँ ११ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५० पैसा र विक्रीदर १२ रुपैयाँ ५६ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८३ पैसा र विक्रीदर १८ रुपैयाँ ९१ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८३ पैसा र विक्रीदर १६ रुपैयाँ ९० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ २७ पैसा र विक्रीदर ४३१ रुपैयाँ ८६ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ २७ पैसा र विक्रीदर ३५१ रुपैयाँ ८६ पैसा रहेको छ ।
