काठमाडौं,२६ फागुन – नेपाल राष्ट्र बैंकले २०७९ साल फागुन २६ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ८७ पैसा र विक्रीदर १३१ रुपैयाँ ४७ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ २९ पैसा र विक्रीदर १३८ रुपैयाँ ९२ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५५ रुपैयाँ ५० पैसा र विक्रीदर १५६ रुपैयाँ २१ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३९ रुपैयाँ ५८ पैसा र विक्रीदर १४० रुपैयाँ २२ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ५६ पैसा र विक्रीदर ८६ रुपैयाँ ९५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९४ रुपैयाँ ९० पैसा र विक्रीदर ९५ रुपैयाँ ३३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९६ रुपैय ८३ पैसा र विक्रीदर ९७ रुपैयाँ २७ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६२ पैसा र विक्रीदर ९ रुपैयाँ ६६ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ७९ पैसा र विक्रीदर १८ रुपैयाँ ८८ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ८६ पैसा र विक्रीदर ३५ रुपैयाँ ०२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८७ पैसा र विक्रीदर ३६ रुपैयाँ ०३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७३ पैसा र विक्रीदर ३ रुपैयाँ ७५ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३५ रुपैयाँ ८० पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २८ रुपैयाँ ९५ पैसा र विक्रीदर २९ रुपैयाँ ०८ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर ९ रुपैयाँ ९१ पैसा र विक्रीदर ९ रुपैयाँ ९५ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ २३ पैसा र विक्रीदर १२ रुपैयाँ २९ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ५८ पैसा र विक्रीदर १८ रुपैयाँ ६७ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६७ पैसा र विक्रीदर १६ रुपैयाँ ७५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२५ रुपैयाँ ७७ पैसा र विक्रीदर ४२७ रुपैयाँ ७३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ १२ पैसा र विक्रीदर ३४८ रुपैयाँ ७१ पैसा रहेको छ ।
