काठमाडौं,२० फागुन – नेपाल राष्ट्र बैंकले २०७९ साल फागुन २० गते शनिवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३० रुपैयाँ ८५ पैसा र विक्रीदर १३१ रुपैयाँ ४५ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र विक्रीदर १३९ रुपैयाँ ४६ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५६ रुपैयाँ ९० पैसा र विक्रीदर १५७ रुपैयाँ ६२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १३९ रुपैयाँ ४९ पैसा र विक्रीदर १४० रुपैयाँ १३ पैसा रहेको ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ४२ पैसा र विक्रीदर ८८ रुपैयाँ ४२ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९६ रुपैयाँ ४५ पैसा र विक्रीदर ९६ रुपैयाँ ९० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९७ रुपैय १८ पैसा र विक्रीदर ९७ रुपैयाँ ६३ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ६० पैसा र विक्रीदर ९ रुपैयाँ ६५ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १८ रुपैयाँ ९५ पैसा र विक्रीदर १९ रुपैयाँ ०४ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३४ रुपैयाँ ८६ पैसा र विक्रीदर ३५ रुपैयाँ ०२ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८६ पैसा र विक्रीदर ३६ रुपैयाँ ०३ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ७७ पैसा र विक्रीदर ३ रुपैयाँ ७९ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६३ पैसा र विक्रीदर ३५ रुपैयाँ ७९ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ २३ पैसा र विक्रीदर २९ रुपैयाँ ३७ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ०५ पैसा र विक्रीदर १० रुपैयाँ ०९ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ४६ पैसा र विक्रीदर १२ रुपैयाँ ५२ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ६५ पैसा र विक्रीदर १८ रुपैयाँ ७४ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ६७ पैसा र विक्रीदर १६ रुपैयाँ ७५ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४२६ रुपैयाँ १९ पैसा र विक्रीदर ४२८ रुपैयाँ १५ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३४७ रुपैयाँ ०६ पैसा र विक्रीदर ३४८ रुपैयाँ ६५ पैसा रहेको छ ।
