काठमाडौं,१२ फागुन – नेपाल राष्ट्र बैंकले २०७९ साल फागुन १२ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ०८ पैसा र विक्रीदर १३२ रुपैयाँ ६८ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४० रुपैयाँ ०० पैसा र विक्रीदर १४० रुपैयाँ ६३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५८ रुपैयाँ ९८ पैसा र विक्रीदर १५९ रुपैयाँ ७० पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४१ रुपैयाँ ७२ पैसा र विक्रीदर १४२ रुपैयाँ ३७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १३ पैसा र विक्रीदर ९० रुपैयाँ ५४ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र विक्रीदर ९८ रुपैयाँ ०७ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९८ रुपैय ४१ पैसा र विक्रीदर ९८ रुपैयाँ ८५ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ७९ पैसा र विक्रीदर ९ रुपैयाँ ८४ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ १५ पैसा र विक्रीदर १९ रुपैयाँ २३ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २० पैसा र विक्रीदर ३५ रुपैयाँ ३६ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १९ पैसा र विक्रीदर ३६ रुपैयाँ ३६ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८१ पैसा र विक्रीदर ३ रुपैयाँ ८२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ७९ पैसा र विक्रीदर २९ रुपैयाँ ९२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ १८ पैसा र विक्रीदर १० रुपैयाँ २२ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ६४ पैसा र विक्रीदर १२ रुपैयाँ ७० पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ८१ पैसा र विक्रीदर १८ रुपैयाँ ८९ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८३ पैसा र विक्रीदर १६ रुपैयाँ ९१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३० रुपैयाँ ४२ पैसा र विक्रीदर ४३२ रुपैयाँ ३८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३९ पैसा र विक्रीदर ३५१ रुपैयाँ ९८ पैसा रहेको छ ।
