काठमाडौं,०५ फागुन – नेपाल राष्ट्र बैंकले २०७९ साल फागुन ०५ गते शुक्रवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ ०६ पैसा र विक्रीदर १३२ रुपैयाँ ६६ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ४० पैसा र विक्रीदर १४२ रुपैयाँ ०४ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १५९ रुपैयाँ २१ पैसा र विक्रीदर १५९ रुपैयाँ ९३ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४३ रुपैयाँ २२ पैसा र विक्रीदर १४३ रुपैयाँ ८७ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ३४ पैसा र विक्रीदर ९१ रुपैयाँ ७५ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९८ रुपैयाँ ६८ पैसा र विक्रीदर ९९ रुपैयाँ १३ पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैय ०२ पैसा र विक्रीदर ९९ रुपैयाँ ४७ पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ८६ पैसा र विक्रीदर ९ रुपैयाँ ९१ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ २७ पैसा र विक्रीदर १९ रुपैयाँ ३५ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २१ पैसा र विक्रीदर ३५ रुपैयाँ ३७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १४ पैसा र विक्रीदर ३६ रुपैयाँ ३१ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ८५ पैसा र विक्रीदर ३ रुपैयाँ ८६ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९५ पैसा र विक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर २९ रुपैयाँ ९९ पैसा र विक्रीदर ३० रुपैयाँ १२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ २७ पैसा र विक्रीदर १० रुपैयाँ ३१ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७० पैसा र विक्रीदर १२ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १८ रुपैयाँ ९८ पैसा र विक्रीदर १९ रुपैयाँ ०६ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८२ पैसा र विक्रीदर १६ रुपैयाँ ९० पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ १७ पैसा र विक्रीदर ४३३ रुपैयाँ १३ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ३८ पैसा र विक्रीदर ३५१ रुपैयाँ ९७ पैसा रहेको छ ।
