काठमाडौं,०३ फागुन – नेपाल राष्ट्र बैंकले २०७९ साल फागुन ०३ गते बुधवारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ । अमेरिकी डलरको मुल्य एकको खरिददर १३२ रुपैयाँ १२ पैसा र विक्रीदर १३२ रुपैयाँ ७२ पैसा कायम भएको छ । यस्तै, यूरोपियन यूरो एकको खरिददर १४२ रुपैयाँ ०९ पैसा र विक्रीदर १४२ रुपैयाँ ७३ पैसा रहेको छ ।
यूके पाउन्ड स्टलिङ एकको खरिददर १६१ रुपैयाँ ०९ पैसा र विक्रीदर १६१ रुपैयाँ ८२ पैसा रहेको छ भने आज स्वीस फ्रेंक एकको खरिददर १४३ रुपैयाँ ७८ पैसा र विक्रीदर १४४ रुपैयाँ ४३ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ ०४ पैसा र विक्रीदर ९२ रुपैयाँ ४६ पैसा रहेको छ भने क्यानेडियन डलर आज एकको खरिददर ९९ रुपैयाँ ०५ पैसा र विक्रीदर ९९ रुपैयाँ ५० पैसा रहेको छ । सिंगापुर डलरको एकको खरिददर ९९ रुपैय ५५ पैसा र विक्रीदर १०० रुपैयाँ ०० पैसा रहेको छ ।
यता जापानी यन आज १० को खरिद दर नेपाली ९ रुपैयाँ ९९ पैसा र विक्रीदर १० रुपैयाँ ०३ पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिददर १९ रुपैयाँ ३९ पैसा र विक्रीदर १९ रुपैयाँ ४७ पैसा रहेको छ ।
उता साउदी अरवियन रियाल एकको खरिदर ३५ रुपैयाँ २१ पैसा र विक्रीदर ३५ रुपैयाँ ३७ पैसा रहेको छ भने आज कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ १६ पैसा र विक्रीदर ३६ रुपैयाँ ३२ पैसा रहेको छ ।
थाही भाट एकको खरिदर ३ रुपैयाँ ९१ पैसा र विक्रीदर ३ रुपैयाँ ९२ पैसा रहेको छ भने आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ९७ पैसा र विक्रीदर ३६ रुपैयाँ १३ पैसा रहेको छ ।
मलेसियन रिंगगेटको खरिदर ३० रुपैयाँ ३८ पैसा र विक्रीदर ३० रुपैयाँ ५२ पैसा रहेको छ भने आज दक्षिण कोरिया वान १०० को खरिदर १० रुपैयाँ ४२ पैसा र विक्रीदर १० रुपैयाँ ४७ पैसा रहेको छ भने स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८२ पैसा र विक्रीदर १२ रुपैयाँ ८८ पैसा रहेको छ । यस्तै डेनिस क्रोनर खरिदर १९ रुपैयाँ ०७ पैसा र विक्रीदर १९ रुपैयाँ १५ पैसा रहेको छ भने हङकङड डलर खरिदर १६ रुपैयाँ ८३ पैसा र विक्रीदर १६ रुपैयाँ ९१ पैसा रहेको छ ।
कुवेती दिनार १ को खरिदर ४३१ रुपैयाँ ९२ पैसा र विक्रीदर ४३३ रुपैयाँ ८८ पैसा रहेको छ भने बहराइन दिनार एकको खरिददर ३५० रुपैयाँ ५३ पैसा र विक्रीदर ३५२ रुपैयाँ १२ पैसा रहेको छ ।
