शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

प्रचण्डमाथि जुत्ता प्रहार !

बुधवार , कार्तिक २३, २०७९

काठमाडौं २३ कार्तिक- चुनावी दौडाहका क्रममा सुर्खेत पुग्नु भएका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि जुत्ता प्रहार भएको छ । मंगलबार साँझ सुर्खेतको चिङ्गाड गाउँपालिकाको मटेलामा आयोजित कार्यक्रमपछि एक युवाले प्रचण्डलाई जुत्ता प्रहार गरेका हुन ।

कार्यक्रम सकेर नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित हेलिकोप्टर चढ्न जाँदा जुत्ता प्रहार भएको बुझिएको छ । प्रहरीले भने जुत्ता प्रहार हुनै लाग्दा रोकेको दाबी गरेको छ ।

प्रचण्डसहितको टोली मंगलबार जुम्ला, हुम्ला र कालीकोटका विभिन्न स्थानमा भएको गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गरेर सुर्खेत झरेका थिए । जुत्ता प्रहार गर्ने युवाको परिचय खुलाइएको छैन ।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धानका लागि अवलचिंगस्थित प्रहरी कार्यालयमा राखिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।चिङ्गाडमा आयोजना गरेको भेलालाई सम्बोन्धन गर्ने क्रममा एक युवाले प्रचण्डलाई जुत्ताको माला लगाउन झोलाबाट निकाल्ने क्रममा मटेला प्रहरीले ति युवालाई नियन्त्रणमा लिएको छ।

जुत्ताको माला लगाउने युवाको पहिचान नखुलाए पनि नियन्त्रणमा लिइएका युवालाई आवश्यक अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय अवलचिंगमा लगिएको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ। ति प्रहरी अधिकारीकाअनुसार प्रचण्डलाई जुत्ताको माला लगाउन नपाउँदै प्रहरीले नियन्त्रणमा लिएको हो।

‘उच्च व्यक्तित्वको सवारीको क्रममा सुरक्षाा व्यवस्था कडा परिएको हुन्छ। त्यहीँ क्रममा मादक पदार्थ सेवन गरेका व्यक्ति प्रहरी नियन्त्रणमा छन्,’ प्रहरी स्रोतले भन्यो, ‘पक्राउ परेका युवामाथि थप अनुसन्धानका लागि सोधपुछ भइरहेको छ। उद्यपी उनले प्रहरीको सावधानीका कारण माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जुत्ताको माला लगाउन वा प्रहार गर्नबाट रोकेको छ। अनुसन्धनको क्रममा थप खुल्नेछ।’

 

प्रतिक्रिया