शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा आत्महत्या प्रकरणः छानविन गर्न माग

मंगलवार , कार्तिक २२, २०७९

सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिका–६ अमारेमा सोमबार भएको आत्महत्या प्रकरणको छानबिन गर्न अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन सिन्धुलीले माग गरेको छ ।

ग्रामकाली माध्यमिक विद्यालय अमारेमा कक्षा ७ मा अध्ययनरत १३ बर्षिय छात्रा गोमा विकले सोमबार साँझ आफ्नै घरमा झुन्डीएर आत्महत्या गरेकी थिइन । विद्यालयका शिक्षक मिलन दाहालले विद्यालयमा कुटपिट गरे पश्चात विद्यालय छुट्टी भएर घरमा पुगेपछि छात्रा बिकले आत्महत्या गरेको भन्दै अनेरास्ववियू सिन्धुलीले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषि शिक्षकलाई कानुन बमोजिम कार्वाहीको दायरामा ल्याउन माग गरेको हो ।

विद्यालयबाट घर पुगेपछि गोमाले आफ्नो काकीलाई शिक्षक दाहालले आफुलाई कुटपिट गरेको सुनाएकि थिइन् । मृतक विकले हात दुखेको भन्दै गुनासो सुनाएको र विद्यालय पोषाक परिवर्तन गर्न कोठा गई झुन्डीएर आत्महत्या गरेको पारिवारिक श्रोतले बताएको छ । शिक्षक दाहालले आफ्नो छोरीलाई विद्यालयमा कुटपिट गरेको र आत्महत्याको लागी दुरुत्साहन गरेको भन्दै पिडितका बावु तुल बहादुर विकले न्यायको माग गरेका छन ।

प्रहरीले मंगलबार मुचुल्का उठाउन खोज्दा स्थानियले अवरोध गरेका थिए । घटनाको मुचुल्का पश्चात पोष्टमार्टमका लागी लास सिन्धुलीमाढी ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरी नायव उपरिक्षक हरिकृष्ण केसीले जानकारी दिनुभयो ।

सम्बन्धित विषय:

प्रतिक्रिया