शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा तिहारको रमझम

मंगलवार , कार्तिक १६, २०७८

सिन्धुली – सिन्धुलीमा तिहारको रमझम बढेको छ । जिल्ला सदरमुकार देखि ग्रामिण क्षेत्रका बजारहरुमा समेत तिहारको रमझम बढेको हो । बजार, गाउँघर एवम बस्ती बुहारी सिंगारिए झैँ झकिझकाउ सिँगारिएका छन । जिल्लाको मुख्य बजार सिन्धुलीमाढी, भिमान, दुधौली, खुर्काेट र चकमके लगाएत जिल्लाभर नै अहिले साँझको समयमा झिलिमिलि बतीहरु देखिन थालेको छ ।

वर्षमा एक पटक आउने फुलहरु र वत्तिहरुको पर्व तिहार मनाउन तयारी गर्नेहरुको बजारमा भिड देखिएको छ । सिन्धुलीमाढी क्षेत्र तिहारको केही दिन अगाडि देखि नै प्लाष्टिकका फुल साथै साँझको समयमा विभिन्न किसिमका बत्तिले झिलिमिलि देखिन थालिएको छ । बजारमा तिहारलाई आवश्यक पर्ने सामानको किनमेल गर्नेहरुको चहलपहल बढेको छ ।

हिन्दु धार्मिक विधिले पूजाआजा नगरे पनि सबै जाति, समुदाय र धर्मका नागरिकहरुले घर वरिपरि उज्यालो पारेका दिप प्रज्वलन गर्ने घर वरीपरी विद्युतिय वत्तीहरु बाल्ने गर्दछन् । सिन्धुलीमाढी बजारमा विद्युत्तिय बत्तिको माग बढेको व्यापारीहरुको भनाइ छ । “अहिले विद्युत्तिय बत्तिको माग धेरै नै बढेको छ । बत्ति किन्न इलोक्ट्रोनिक पसलमा मानिसको भिड हुने गर्छ ,” सिन्धुलीमाढीका एक व्यवसायीले भन्नुभयो ।

जिल्लाको सदमुकाम समेत रहेको सिन्धुलीमाढी बजारमा विभिन्न रंगका प्लाष्टिकका फुलले बजार नै आकर्षित बनाएको छ । बजारमा सजायका फुलले सिन्धुलीमाढी बेहुली सिँगारिए झैँ झकिझकाउ देखिएको छ । यस्तै कमलामाई नगरपालिका ६ मधुटार जोड्ने पुलको मुखमा शिव लाल शाहलाई बत्ति बाल्ने पाला विक्रि गर्न भ्याइनभ्याइ भएको छ । विहान देखि साझ सम्म पाला किन्नेको भिड लाग्ने गरेको छ । बजारमा पालाको माग बढेको शाह बताउनु हुन्छ । “अहिले मेरो पसलमा पाला किन्नेको धेरै नै भिड छ । विहान देखि साझ सम्म पाला किन्नेको लाइन नै हुन्छ ,” उहाँले भन्नुभयो । यस्तै स्थानीय देखि लामो दुरीमा सञ्चालन हुने यातायातका साधनहरुमा समेत भिड भाड हुने गरेको छ ।

यता स्थानिय प्रहरी प्रशासनले विष्फोटक पटका प्रयोगमा प्रतिवन्ध लगाएको भएपनि छिमेकी देश भारतसंग खुल्ला सिमाना रहेका कारण विभिन्न नाकाहरुबाट त्यस्ता पटका सिन्धुलीका मुख्य बजारमा भित्रिएका छन । सिन्धुली र नेपाल भारत सिमानाको सम्सि नाकाको दुरि नजिक भएकाले पनि विष्फोटक पटका बढी मात्रामा बजार भित्रिने गरेका छन् ।

आफुहरु त्यसलाई नियन्त्रण गर्ने कार्यमा लागि परेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रबक्ता प्रहरी नायब उपरिक्षक मनोज कुमार लामाले बताउनुभयो । बजारमा बढी मात्रमा विष्फोटक पटका भित्रिने क्रम बढेपनि त्यसलाई नियन्त्रण गरिरहेको लामाको भनाइ छ । विगतको वर्षमा जस्तै बर्दिवास हुदै सिन्धुलीमा विष्फोटक पदार्थ भित्रन सक्ने आशंका रहेकोले प्रहरीले तिहार आउनुु एक साता अगाडि बाटै विपि राजार्गमा चेकजाचँलाई कडाइ गरेको छ । यस्तै उहाँले पटका, आतसवाजी, झिरझिरे, भुइँचम्पाजस्ता विष्फोटजन्य पदार्थ प्रयोग नगर्न र यस्ता पदार्थको निकासी, ओसारपसार एवं बिक्री वितरण नगर्न आग्रह समेत गर्नुभएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया