काठमाडौँ,२३ असार - नेकपा एमालेको विवादलाई टुंगोमा पुर्याउन जुटेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आजै संयुक्त वक्तव्य निकाल्ने भएका छन्। नक्सालस्थित होटल मेरियटमा वार्तामा जुटेका दुई नेताबीचको हस्ताक्षरसहितको संयुक्त वक्तव्य आजै आउने भएको हो।
नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यसमेत रहेका नेता खिमलाल भट्टराईले दुई नेताको हस्ताक्षरमा आजै सहमतिको संयुक्त वक्तव्य निकाल्ने तयारी भएको जानकारी फरकधारलाई दिएका छन्।
'आजै दुई नेताको हस्ताक्षरसहितको संयुक्त वक्तव्य निकाल्ने तयारी भएको छ', उनले भने, 'त्यसकै लागि उहाँहरु वार्ताका लागि जुट्नु भएको हो।'
संयुक्त वक्तव्य निकालिने भएपछि अहिले एमालेका नेताहरु धमाधम होटल मेरियट पुग्दैछन्। वार्तापछि संयुक्त वक्तव्य जारी हुने भएपछि नेताहरु विष्णु पौडेल, खिमलाल भट्टराई अहिले मेरियट पुगिसकेका छन्।
सहमतिको मस्यौदा बोकेर होटल मेरियट पुगे सुरेन्द्र पाण्डे
यसैबिच एमाले विवाद मिलाउन सक्रिय नेता सुरेन्द्र पाण्डे ओली-नेपाल सहमतिको मस्यौदा बोकेर केही बेरअघि होटल मेरियटमा छिरेका छन्। आजै सिंहदरबारमा भएको कार्यदल बैठकले एमालेमा देखिएको विवादलाई टुंग्याउने बिन्दुमा पुर्याएको थियो।
त्यसपछि कार्यदलका सदस्यहरुले सहमतिको मस्यौदा बनाएका थिए। उक्त सहमतिको मस्यौदाबारे ओली र नेपाललाई जानकारी गराएपछि दुई नेताबीच भेट तय भएको हो।
उक्त सहमतिको मस्यौदा बोकेर पाण्डे होटल मेरियट पुगेका छन्। त्यसअघि नेताहरु विष्णु पौडेल र खिमलाल भट्टराई पनि त्यहाँ पुगिसकेका छन्।
विवादलाई टुंगोमा पुर्याउन जुटेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालले आजै संयुक्त वक्तव्य निकाल्ने भएका छन्। नक्सालस्थित होटल मेरियटमा वार्तामा जुटेका दुई नेताबीचको हस्ताक्षरसहितको संयुक्त वक्तव्य आजै आउने भएको हो।