शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा राहत सामाग्री हस्तान्तरण

बिहिवार , आषाढ ३, २०७८

सिन्धुली, ३ असार – नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई राहत प्याकेज हस्तान्तरण गरिएको छ । स्वाभिमान सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज हस्तान्तरण गरिएको हो ।

सिन्धुलीमाढीमा आज आयोजित राहत प्याकेज हस्तान्तरण कार्यक्रममा सिन्धुली अस्पताल विकास समितिका अध्यक्ष प्रल्हाद पोखरेलले १५१ थान राहत प्याकेज रेडक्रसका अध्यक्ष अशोक श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । समाजसेवी उज्वलविक्रम थापा, अस्पताल विकास समितिका अध्यक्ष पोखरेललगायतको समूहले सो अभियानको थालनी गर्नुभएको हो ।

रेडक्रसलाई बुझाइएको राहत प्याकेजमा १० किलो चामल, दुई किलो दाल, एक किलो नुन, तेल एक लिटर र एक प्याकेट मस्यौरा रहेको अभियानका सदस्य इन्द्र भुजेलले जानकारी दिनुभयो ।

 

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौं, ३ असार – नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार विदेशी विनिमयदर अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ०२ पैसा विक्रीदर ११७ रुपैयाँ ६२ पैसा रहेको छ ।

यस्तै, यूरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ ८८ पैसा र विक्रीदर १४२ रुपैयाँ ६१ पैसा रहेको छ भने यूके पाउन्ट स्टलिङ एकको खरिददर १६५ रुपैयाँ १९ पैसा र विक्रीदर १६६ रुपैयाँ ०३ पैसा रहेको छ ।

आज स्वीस फ्रेङ्क एकको खरिददर १३० रुपैयाँ १९ पैसा र विक्रीदर १३० रुपैयाँ ८६ पैसा रहेको छ भने अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १९ पैसा र विक्रीदर ९० रुपैयाँ ६६ पैसा रहेको छ ।

यता, जापानी यन १० को खरिददर नेपाली १० रुपैयाँ ६४ पैसा र विक्रीदर १० रुपैयाँ ७० पैसा रहेको छ भने आज चिनियाँ यूआन एकको खरिदर १८ रुपैयाँ २९ पैसा र विक्रीदर १८ ३९ पैसा रहेको छ ।

साउदी अरवियन रियाल एकको खरिदर ३१ रुपैयाँ २० पैसा र विक्रीदर ३१ रुपैयाँ ३६ पैसा रहेको छ भने आज कतारी रियाल खरिदर ३१ रुपैयाँ ६४ पैसा र विक्रीदर ३१ रुपैयाँ ८० पैसा रहेको छ ।

प्रतिक्रिया