शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

शनिबारदेखि मौसम सफा हुने

शुक्रवार , मंसिर १२, २०७७

काठमाडौँ, १२ मंसिर - पश्चिमी वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शनिबारदेखि सुधार हँुदै जाने भएको छ । आज रातिदेखि पश्चिमी वायुको प्रभाव क्रमशः हटेर जाने भएकाले शनिबारदेखि देशभर मौसम सफा हुनेछ ।

उक्त प्रणाली पश्चिम भूभागबाट बाहिरिने क्रम शुरु भइसकेकाले वर्षा हुने सम्भावना कमै रहेको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो । मौसम सफा भएसँगै तापक्रम पनि निरन्तर घट्ने क्रम शुरु हुनेछ । आकाशमा बादल नभएर खुला हुनु, उत्तर पश्चिमी वायु बहनुजस्ता कारणले चिसो बढ्ने बताइएको छ । हाल देशका प्रदेश नं १ र २, वाग्मती र गण्डकीका अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

प्रदेश नं १ र २, वाग्मती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रही पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रही बाँकी भूभागमा मौसम सामान्यतया सफा हुनेछ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आठ दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २२ दशमलव छ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस शून्य दशमलव पाँच डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव दुई डिग्री सेल्सियस छ ।

पश्चिमी वायुको प्रभावले हल्का हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभावले आज देशका अधिकाश स्थानमा आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली भई प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।

पश्चिमी वायुको प्रभाव आज बेलुकादेखि विस्तारै कमजोर हँुदै जाने मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । “शुक्रबारदेखि मौसम सुधार हुन्छ”, श्रेष्ठले भन्नुभयो, “तत्काललाई वर्षाको सम्भावना छैन । ”

हाल वाग्मती, गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ । देशभर अपराह्न आंशिकदेखि सामान्य बदली भई गण्डकी, कर्णाली, सुदूरपश्चिम र प्रदेश नं १ का उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ७ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २१ दशमलव ६ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस २ दशमलव ५ डिग्री र सबैभन्दा धेरै नेपालगञ्जको न्यूनतम तापक्रम १३ दशमलव ८ डिग्री सेल्सियस छ ।

चोरीको आ रोपमा प क्राउ परेकी दिपक मनाङ्गेकी श्रीमतीले प्र हरीलाई दिईन यस्तो बयान

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दिपक मनाङ्गेकी श्रीमतीलाई प्रहरीले प क्रा उ गरेको छ । राजीवको श्रीमति दिक्षेन लामालाई मुर्ती चो रेको आ रो पमा प्र हरीले प क्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख एसपी सुशीलसिंह राठौरले लामालाई प क्राउ गरेको पु ष्टि गरेका छन् । लामालाई जिल्ला अदालत कास्कीको प क्राउ पुर्जी अनुसार मकवानपुरको हेटौंडाबाट प्र हरीले प क्राउ गरेको हो । मंगलवार मकवानपुर प्रहरीले प क्राउ गरी लामालाई कास्की पठाइएको प्रहरीले जनाएको छ ।

लामाले बुहुमुल्य धातुबाट बनेको मुर्ति चो रेको आ रोप लागेको छ । जिल्ला अदालत कास्कीमा चो री स म्बन्धी मु द्दा द र्ता भए पछि प्रहरीले प क्राउ गरेको हो । सोहि मु द्दामा जिल्ला अदालत कास्कीले लामालाई प क्राउ गर्न प्रहरीलाई पत्राचार गरेपछि उनलाई हेटौडाबाट प क्राउ गरी कास्की पठाइएको हो ।

स्रोतका अनुसार सांसद मनाङ्गेले नै लामालाई मुर्ति राख्न दिएको बयान प्रहरीलाई दिएकी छन् । श्रीमतीकै बयानको आधारमा मनाङ्गे पनि ता निने संभावना देखिएको छ । तर मनाङ्गेले भने सामाजिक संजाल फेसबुकमा आफ्नो प्रतिक्रिया दिदै भनेका छन् ‘ऊ ब दमास हो,’ उनले भने, ‘मैले नै प्रहरीलाई भनेर प क्रन लगाएको हो।’ डेढ महिनादेखि हराइरहेको र पछि माइती हेटौंडाको पदमपोखरी बसेकी छन् भन्ने पत्ता लगाएर आफूले नै प्रहरीलाई खबर गरी प क्रन भनेको उनले सुनाए।

‘मेरो श्रीमती हो भनेर उ म्कन दिनुहुन्न,’ सांसद गुरुङले भने, ‘ब दमासी गर्नेलाई स ख्त का रबाही गर्नुपर्छ, नेताको श्रीमती हो, छोराछोरी हो, दाजुभाइ हो, आफन्त हो भनेर कसैलाई पनि छो ड्न हुन्न।’

दाहाल – नेपालको दह्रो तयारी, ओलीका दु तको दौडधुप

वि वाद आ रोप प्र त्या रोप हुदै केही मु डभेट सम्म पु गेको सत्तारुढ दलको आ न्तरिक क लह झ न्झन् फै लिदै गैरहेको छ । कुनै अ प्रत्याशित घ टना नभए सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक १३ मंसिरमा बस्नेछ । दश दिनका लागि स्थगित भएको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको दस्तावेजमाथि छलफल हुने वा संयुक्त दस्तावेज बन्ने निश्चित छैन । तर, ओलीले एउटै प्रस्ताव हुनुपर्ने बताइरहँदा प्रचण्डले दस्तावेज फि र्ता लिन मानेका छैनन् ।

दश दिनभित्र सहमतिको प्रयास भएपनि बन्न सकेको छैन । अब तीन दिन समय बाँकी छ । यसबीच पनि सहमति ब नेन भने सचिवालय बैठक सार्ने या दुवै दस्तावेजमाथि छलफल गरी टुंगोमा पुग्ने बाहेक विकल्प छैन । फरक दस्तावेजमाथि छलफल भई टुं गोमा पुग्दा जसको दस्तावेजमा बहुमत हुन्छ त्यसकै जीत हुन्छ । आ रोप प्रत्यारोपको दुई दस्तावेजमा ओलीको दस्तावेजमा ब हुमत जुटेमा प्रचण्डको हा र हुन्छ । यस्तो बेला उनले अध्यक्षबाट राजीनामा दिनुपर्ने नै तिक द बाब पर्न सक्छ । ओलीको दस्तावेज अ ल्पमतमा परेर हा र भएमा उनले प्रधानमन्त्रीबाट रा जीनामा दिनुपर्ने द बाब पर्न सक्छ । त्यसैले अवस्था निकै ज टिल बन्दै गएको छ ।

सहमति बनाउन ओलीले विश्वासपात्र परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई प्रचण्डनिवास खुमलटार पठाएको पठायै छन् । ज्ञवालीले मङ्गलबार विहानै प्रचण्डसँग भेटेर सहमतिको बिन्दुबारे कुराकानी गरे । तर, कुनै निष्कर्ष निस्किएन ।

नेकपाभित्र अबको सचिवालय बैठकका लागि ओली, प्रचण्ड, माधव नेपालको आ आफ्नो तयारी छ । ओलीले विश्वासपात्रहरुसँग भेटेर वि कल्पसहित छलफल गरिसकेका छन् । उनले शनिबार काँग्रेस सभापति शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर त रंग ल्याइदिइसकेका छन् । देउवासँग सत्ता समिकरणका लागि छलफल गरेको विषयले प्रचण्ड र नेपाललाई झ स्काएको छ ।

प्रचण्ड र माधव नेपालले आन्तरिक तयारीका लागि भे टघाट तिव्र पारेका छन् । उनले नेकपा वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष बामदेव गौतमसँग संयुक्त भेटघाट गरे । भेटमा भावी रणनीतिबारे कुराकानी भएको बुझिएको छ । खनाल र गौतमले अब कसरी बढ्ने भन्नेबारे गम्भीर छलफल गरेका थिए ।

हिजो साँझ वरिष्ठ नेता माधवकुमार नेपालसँग प्रचण्डले साँझ छलफल गरे । उक्त भेटमा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । नेपालले टसमस नभई अगाडि बढ्नेबारे कुराकानी गरेको बुझिएको छ । उनले पार्टी एकतालाई केन्द्रबिन्दुमा राखेर जानुपर्ने लाइन स्पष्ट पारेका थिए ।

प्रतिक्रिया