शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सिन्धुलीमा कोरोना सं क्रमणबाट ८४ बर्षिया बृद्धाको ज्या न गयो

सोमवार , कार्तिक १७, २०७७

सिन्धुली, १७ कात्तिक – सिन्धुली जिल्लामा पहिलो पटक कोरोना सं क्र म णबाट एक जना बृद्धा महिलाको ज्या न गएको छ ।

सिन्धुली अस्पतालमा उपचार गराई रहनु भएकी कमलामाई नगरपालिका–६ पानिट्याङ्गकी निवासी ८४ बर्षिया विष्णुमाया बिश्वकर्माको गए राती ज्या न गएको अस्पतालका ब्यवस्थापक बिमल श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिश्वकर्मालाई उच्च ज्व रो आएको र श्वा स प्र श्वासमा पनि स म स्या भएर शुक्रबार धुलिखेल अस्पताल उपचारका लागि लगिएको थियो । उक्त अस्पतालले पि सि आर परिक्षणका लागि स्वा ब लिएर बिरामीलाई घर फिर्ता गरेको र शनिवार राती सिन्धुली अस्पताल ल्याई पुन उ पचार सुरु गएिको थियो ।

बृद्धाको पिसिआर परिक्षणको रिपोर्ट आइतबार साँझ ६ बजे पो जेटिभ आएकोे र लगत्तै राती ज्या न गएको हो । मृ त क महिलाको श ब सदरमुकाम स्थित बद्र्धबहादुर गणका नेपाली सेनाको टोलीले कमलामाई नगरपालिका–७ गड्यौली खोलामा व्यवस्थापन गरेको छ ।

सिन्धुलीमा जुनार र भुई कटहरको जुस लोकप्रिय बन्दै

गोलन्जोर(सिन्धुली), – सिन्धुली जिल्लामा जुनार र भूई कटहरबाट उत्पादित जुस, स्क्वास, जाम र जेली उपभोक्ता माझ लोकप्रिय बन्दै गएको छ ।

बजारमा किन्न पाईने कोकाकोला र फेण्टा लगायतका पेय पर्दार्थको तुलनमा स्वास्थ्यपर्दक र स्वादिष्ट भएकाले जुनार र कटरबाट उत्पादित जुस, स्क्वास लगायतका सामग्रीप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको उत्पादकले जनाएका छन् ।

जिल्लाका किसानहरु सहकारीमा आवद्ध भई सिजन अनुसार जुनार र भुई कटहरको जुस स्क्वास, जाम र जेली उत्पादन गर्न थालेका हुन् । हाल जिल्लामा जुनार प्रशोधन केन्द्र गोलन्जोर गाँउपालिका–५ रतनचुरामा दुई वटा र वडा नं. ४ तीनकन्यामा एउटा सञ्चालनमा रहेका छन् ।

सिजनमा रतनचुरामा रहेको सिन्धुली जुनार प्रशोधन सहकारी संस्थाले पाँच हजारदेखि सात हजारसम्म र प्रगती जुनार प्रशोधन सहकारी संस्थाले आठ हजारदेखि १० हजार बोतल स्क्वास, जुस, जाम र जेली उत्पादन गर्दै आएको जनाएका छन् । तीनकन्यामा सञ्चालनमा रहेको लाङ्घाली जुनार प्रशोधन उद्योगले पनि जुनार र भुईकटहरको सिजन अनुसार तीन÷चार हजार बोतल स्क्वास, जुस, जाम र जेली उत्पादन गर्ने गरेको जनाएको छ ।

गाँउमै जुनार र भुई कटहरको प्रशोधन केन्द्र खुलेपछि किसानहरुलाई आफ्नो उत्पादन बेचविखन गर्न सजिलो भएको लाङ्घाली जुनार उद्योग सञ्चालक शन्तबहादुर सिंजालीमगर बताउनुहुन्छ । स्क्वास, जुस, जाम र जेली बनाउने सात दिने तालिम पाँच बर्षअघि स्थानीय विकास कोषबाट लिएपछि करिब तीन लाख रुपिया लगानी गरी व्यवसाय गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

बेमौसममा पनि विक्रि हुने भएकाले आफुले जुनार र भुई कटहरको स्क्वास लगायतको सामग्री उत्पादन तिर लागेको उहाँको भनाई छ ।

त्यसो त उद्यमीहरुको भनाई अनुसार उत्पादित जुस स्क्वास, जाम र जेलीको बजार भनेको सदरमुकाम सिन्धुलीमाढी र राजधानी काठमाडाँै लगायतका तराईका सहर रहेका छन् । स्क्वासको खुद्रा मूल्य प्रतिबोतल(५००एमएल) एक सय रुपैया, जाम र जेलीको प्रतिबोतल १६० रुपिया खुद्रा मूल्यमा विक्रि भई रहेको छ । ‘जुनार र भुईकटहरको स्क्वास, जुस, जाम, जेली बनाउदा सिजन अनुसार हुने कमाईले घरखर्च र केटाकेटी पढाउन धानेको सिंजालीमगरको भनाई छ ।

त्यस्तै सिन्धुली जुनार प्रशोधन सहकारी संस्थाका अध्यक्ष निर्मलकुमार रम्तेल प्रशोधन केन्द्र सञ्चालन भएपछि गाँउका जुनार उत्पादक किसानहरुको आय आर्जनमा टेवा पुगेको बताउनुहुन्छ ।

गाँउकै ५२ जना किसानहरु मिलेर उक्त सहकारी सञ्चालन गरेको र करिब साँढे तीन लाख रुपियाको लगानीमा तीन वर्ष अघिदेखि प्रशोधन केन्द्र सञ्चालन गरेको उहाँको भनाई छ । ‘जुनारलाई ए, बी र सी गरी तीन ग्रेडमा बर्गिकरण गरपछि कुहिएर जाने सि ग्रेडको जुनारबाट जुस, स्क्वास, जाम र जेली उत्पादन गर्छौ’ उहाँले भन्नुभयो ।

पुस/माघ महिनातिर जुनार पेलेर स्क्वास लगायतका सामग्री उत्पादन हुने गरेको सहकारीले जनाएको छ ।

जिल्लामा भुईकटहरका लागि कमलामाई नगरपालिका लोकप्रिय रहेको छ भने जुनार खेती करिब एक हजार सात सय हेक्टर जमिनमा हुदै आएको छ । जलकन्या, रतनचुरा, तीनकन्या, बाशेश्वर, बितिजोर, मझुवा लगायतका ठाँउ जुनार खेतीको पकेट क्षेत्रको रुपमा रहेको जुनार उत्पादक जिल्ला सहकारी संघले जनाएको छ ।

एक गाँउ एक उत्पादन कार्यक्रम अन्तर्गत उत्पादन भएको जुनार समेत उक्त सहकारी मार्फत विक्रि हुन थालेको अध्यक्ष रम्तेलको भनाई छ ।

प्रतिक्रिया