शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

महरालाई स्थायी समितिमा ल्याउने नेकपाको तयारी

शुक्रवार , आश्विन १६, २०७७

काठमाडौँ,१६ असोज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पुर्व सभामुख कृष्णबहादुर महरालाई स्थायी समिति सदस्य बनाउने तयारी गरेको छ।

४५ सदस्यीय नेकपाको स्थायी समितिमा अग्नि सापकोटा सभामुख बनेपछि एक पद रि क्त छ। त्यसैले महरालाई स्थायी समिति सदस्य बनाउने गृहकार्य भइरहेको नेकपा स्रोतले जनाएको छ।

अब बस्ने सचिवालय बैठकले यो निर्णय गर्नसक्ने नेकपा श्रोतले जानकारी दिएको छ । उनी सभामुख हुनुअघि तत्कालीन मा ओवादी केन्द्रको प्रभावशाली स्थायी समिति सदस्य थिए।

२०७४ मंसिर २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा दाङ -२ बाट निर्वाचित महरा सोही वर्षको फागुन २५ गते सभामुखमा निर्वाचित भएका थिए । महराले २०७६ असोज १४ गते पदबाट रा जीनामा दिएका थिए ।

नेकपाले डाक्यो सचिवालय बैठक

नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक शनिबार बस्ने भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्र चण्डबीच भएको भेटमा शनिबार बैठक बोलाउने सहमति भएको हो।

बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ४ बजे बस्ने तय भएको छ।

प्रधानमन्त्री ओलीले ए कतर्फी रूपमा राजदूत सिफारिस गरेको भन्दै सचिवालयका सदस्यहरूले आ पत्ति जनाएका छन्।

बिहीबार सरकारले अमेरिकाको लागि डा. युवराज खतिवडा,लोकदर्शन रेग्मीलाई बेलायत र निर्मल विश्वकर्मालाई दक्षिण अफ्रिकाको राजदूत सिफारिस गरेको थियो।

प्रतिक्रिया