शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

सबै जिल्लाबाट सवारी पास वितरण बन्द

बुधवार , श्रावण २८, २०७७

काठमाडौँ,२८ साउन – गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण ब न्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधवार परिपत्र गर्दै मन्त्रालयले बिहिवारदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको हो ।

कोभिड –१९ को जो खिम उच्च भएकाले नेपाल सरकारबाट विभिन्न समयमा भएको निर्णय र मन्त्रालयबाट भएको निर्देशनसमेतका आधारमा उक्त परिपत्र जारी गरिएको हो । “हालसम्म जारी हुँदै आएको सवारी पास व्यवस्थालाई अर्काे व्यवस्था लागू नभएसम्मका लागि साउन २९ देखि सवारी पास वितरण नगर्नू नगराउनुहुन आदेशानुसार अनुरोध छ”, मन्त्रालयद्वारा आज जारी सूचनामा उल्लेख छ ।

 

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो । पछिल्लो समयमा मुलुकभर कोभिड –१९ को सं क्रमण बढ्दो छ । काठमाडौँ उपत्यकामा समेत सं क्रमण बढिरहेकाले प्रवेशमा क डाइ गरिएको छ ।

प्रतिक्रिया