शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

  पाँच दिन भा री वर्षाको सम्भावना  

सोमवार , श्रावण १२, २०७७

काठमाडौँ, १२ साउन -   जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भा री वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज एक विज्ञप्ति जारी गरी आजदेखि १६ गतेसम्म मौसम सक्रिय हुने जनाएको छ । सोही अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने बताइएको छ । आजबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले पुनःमनसुन स क्रिय भई पाँच दिन भा री वर्षाको सम्भावना रहेको हो ।

मनसुन सक्रिय भई देशको अधिकाश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको ब हाव बढ्ने र पहाडमा भू क्षय हुने, प हिरो जाने, सडक तथा हवाई यातायात प्र भावित हुने तथा ढल/पानीको राम्रो निकास नभएको ठाउँमा डु बानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया