शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

आगामी चौविस २४ घण्टा मुलुकभर नै वर्षा

सोमवार , श्रावण ५, २०७७

काठमाडौँ, ५ साउन – मौसम पूर्वानुमान महाशाखा, जल तथा मौसम विज्ञान विभागले आगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम व र्षा हुने जानकारी दिएको छ ।

विभागका अनुसार अहिले मुलुकभर सामान्यदेखि पूर्ण ब दली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद् सजिना शाक्यले जानकारी दिनुभयो । उहाँका अनुसार प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश, गण्डकी प्रदेशका केही स्थानका साथै प्रदेश ५, सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा आगामी २४ घण्टा भारी व र्षाकोसमेत सम्भावना छ ।

त्यस क्षेत्रका नदीमा पानीको ब हाव बढ्ने, पहाडी क्षेत्रमा भू क्षय हुने, प हिरो जाने, सडक तथा हवाई यातायात प्र भावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डु बानसमेत हुनसक्ने सम्भावना रहेकाले आवश्यक स तर्कता अपनाउन विभागले सबैसँग अनुरोध गरेको छ । विभागका अनुसार, हाल मनसुनी न्यूनचापीय रेखा नेपालतिर सरेको अवस्था छ ।

प्रतिक्रिया