शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा नेकपाको दिनहु प्रदर्शन

शनिवार , श्रावण ३, २०७७

सिन्धुली,३ साउन – प्रधानमन्त्री केपी ओलीपक्षले पर्दशन गरेको भोलीपल्टै शनिबार नेकपाका अर्का अध्यक्ष दाहाल–नेपालपक्षले मोटरसाइकल ¥याली गरेको छ । नेकपा भित्रको शक्ति प्रदर्शन अन्तर्गत भएका मोटरसाइकल  र्‍यालीमा कसको बढि सहभागिता रहने भनेर होडबाजी चलेको थियो । दाहाल–नेपाल पक्षले आयोजना गरेको मोटरसाइकल  र्‍याली सदरमुकाम सिन्धुलीमाढीको लोकतान्त्रिक चोकबाट शुरु भएर धुराबजार, मिलनचौक, ढुंग्रेवास, रातमाटा, शान्तिनगर चोक, बुद्धनगर चोकबाट दुइ नंं बजारको पुछारमा रहेको पार्टी कार्यलमा पुगेर टुंगीएको थियो ।

र्‍यालीमा सहभागीले नारा लगाएका थिएनन् । राष्ट्रिय झण्डा र कम्यूनिष्ट पार्टीको हसिया, हथौडा अंकित झण्डा मोटरसाइकलमा सहभागीहरुले बोकेका थिए ।  र्‍यालीमा सहभागीले पार्टी नीति अनुसार चल्नुपर्ने, देबत्वकरणको अन्त्य, पार्टी एकता, बाढीपीडितलाइ राहत, सुशासन कायम हुनुपर्ने लगाएतका माग रहेको प्ले कार्ड बोकेका थिए । मोटरसाइकल र्‍यालीलाइ प्रहरीले सुरक्षा दिएको थियो ।

ओली पक्षकाले सदरमुकाम सिन्धुलीमाढीमा साता अघि नै प्रदर्शन गर्न खोजेका थिए । तत्काल दाहाल–नेपाल पक्षले थाहा पाएर खबरदारीका साथ प्रदर्शन रोकेका थिए । दाहाल–नेपाल पक्षले ओलीपक्षलाइ पार्टी एकताका पक्षमा संयूक्त ¥याली नेता सहितको उपस्थितिमा गर्न सुझाएको थियो । सामाजिक सञ्जालमा मिति र समय समेत तोकिएर आयोजना गरिएको कार्यक्रम रोकिएपछि दाहाल–नेपाल पक्ष हौसिएका थिए । पछिल्लो पटक प्रधानमन्त्री ओली र दाहाल–नेपाल सहितको वार्तामा पनि राजीनामा नै प्रमुख मुद्धा बनेपछि ओली पक्षले एकाएक शुक्तबार मोटरसाइकल ¥यालीको आयोजना गरेको थियो ।

एकाएक ओलीपक्षको मोटरसाइकल र्‍याली भएपछि उत्तेजित भएका दाहाल–नेपाल पक्षले छोटो सूचनामा नै हेर्न लायक मोटरसाइकल  र्‍याली निकालेको थियो । प्रदर्शनमा सहभागी एकले माओवादीको आधार इलाका सिन्धुली भएकाले छोटो समयमै तीनसयबढि संख्यामा सहभागी भएको जिकिर गरे ।

उता ओली पक्षक नेता महेश वस्नेत केहिदिन अघि ढुंग्रेवासको एक होटलमा बसेर योजना बनाइ आफ्ना पक्षमा प्रदर्शन गर्नका लागि केही विद्यार्थी नेतालाइ तेल खर्च समेत दिएको सहभागी ति नेताले सुनाए । पैसाको बलमा निस्किएको ¥याली र स्वस्फुर्त पार्टी एकताको पक्षमा निस्किएका यूूवाहरुको तुलना हुन नसक्ने सहभागी अर्का एक विद्यार्थी नेताले बताउनुभयो ।

र्‍यालीपछि आयोजित कार्यक्रममा सहभागीहरुले नेकपाका केन्द्रिय सदस्य कमलजंग राइलाइ पार्टी एकताका पक्षमा ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया