शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

साउन ४ देखि फेरि भारी वर्षा, उच्च सा वधानी अपनाउन अनुरोध

बिहिवार , श्रावण १, २०७७

काठमाडौँ, १ साउन- जल तथा मौसम विज्ञान विभागले एक हप्ताअघि नै असार २५ देखि २९ सम्म भा री वर्षा हुने र त्यसले बा ढी प हिरो आउनसक्ने पूर्वानुमान गरेको थियो ।

नभन्दै सोही अवधिमा विभिन्न क्षेत्रमा भा री वर्षा हुँदा मुलुकले ठूलो ज नधनको क्ष ति बे होर्नुपर्‍यो । अझै ४५ भन्दा बढी मानिस ह राइरहेका छन् । वि पद्को आलो घा उमा खाटो बस्न नपाउँदै विभागले पुनः साउन ४ देखि त्यसैगरी विभिन्न क्षेत्रमा भा री वर्षाको पूर्वानुमान गरी स चेत गराएको छ ।

मौसम विज्ञान विभागका अनुसार साउन ४ देखि हुने भा री वर्षा तीनदेखि चार दिन रहने विभागले जनाएको छ । त्यस अवधिमा नेपालमा विभिन्न भागमा म नसुन सक्रिय भई धेरैजसो स्थानमा हल्कादेखि मध्यम र केही स्थानमा भारी वर्षा हुने सम्भावना रहेको विभागका प्रवक्ता वरिष्ठ मौसमविद् डा अर्चना श्रेष्ठले बताउनुभयो ।

यसअघि धेरै पानी परिसकेकाले थोरै पानी पर्दा पनि छिट्टै प हिरो खस्नसक्ने भएकाले सा वधानी अपनाउन डा श्रेष्ठले अनुरोध गर्नुभएको छ । मुलुकको पूर्वमा अली बढी मनसुन सक्रिय हुने र सुदुर पश्चिममा केही ठाउँमा भारी वर्षा हुनेछ ।

यही असार ३ गतेसम्म मौसम सामान्य जस्तै छ । सामान्य ब दली भई केही स्थानमा पानी पर्ने सम्भावना छ । तर आइतबारदेखि भने अहिले दक्षिणी क्षेत्रमा रहेको न्यूनचापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुनी गतिविधि सक्रिय भई केही स्थानमा भा री वर्षाको सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले बताउनुभयो । उक्त रेखा नेपाल प्रवेश गरेपछि मनसुनी वर्षा गराउँछ ।

मुख्यगरी प्रदेश १, २, ५, वाग्मती, गण्डकीका केही स्थानमा र सुदुरपश्चिम तथा कर्णाली प्रदेशका थोरै स्थानमा भा री वर्षा तथा एक/दुई स्थानमा अति भारी वर्ष हुनेछ । जसका कारण बा ढी प हिरोको जोखिम हुनसक्ने सम्भावना रहेको विभागले जनाएको छ । मुख्यगरी साउनको ५ देखि ८ गतेसम्म प्रदेश १, २ बागमती, गण्डकी, प्रदेशका कन्काई, तमोर, सुनकोशी, सप्तकोशी, कमला, बागमती, बुढीगण्डकी, सेती, मस्याङ्दी, कालीगण्डकी, तथा तिनका सहायक नदीमा उल्लेख्य मात्रामा जलसतह बढ्नेछ । केही नदीले स तर्कता तह पार गर्नेछ ।

ती प्रदेशका मध्यपहाडी तथा चुरे र तराई भई बग्ने स–साना नदीनालामा साउन ९ सम्म नै आ कस्मिक बहावको सम्भावना रहेकाले आवश्यक पूर्वतयारी तथा विशेष सतर्कता अपनाउन अनुरोध गरिएको छ । साउनको ५ देखि ७ गतेसम्म प्रदेश ५ को तिनाउ, पश्चिम राप्ती तथा बबई नदी र यसका सहायक नदी तथा कर्णाली प्रदेशको भेरी, पश्चिम सेती, र यसका सहायक नदीमा समेत बहाव बढ्ने छ । केही नदी सतर्कता तह आसपास पुग्नेछ ।

प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका मध्यपहाडी तथा चुरे र तराईबाट बग्ने केही साना नदीनालामा समेत आ कस्मिक बहाव आउने सम्भावना छ । यस्तो जोखिम क्षेत्र र नदी तटीय तटीय क्षेत्रमा नबस्न र सावधानी अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमखु कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिनुभयो ।

प्राधिकरणले मौसम र बाढीसम्बन्धी सूचनाहरु दैनिक बुलेटिन तथा वेबसाइट  www.mfd.gov.np, hydrology.gov.np लगायत सम्बन्धित कार्यालय तथा प्राधिकरणको फेसबुक पेज, ट्वीटरमार्फत सार्वजनिक गर्ने हुनाले उक्त सूचनालाई विशेष ध्यान दिन भनिएको छ ।

आफ्नो क्षेत्रको मौसम र बाढीको अवस्थाबारे जानकार रहन तथा दैनिक मौसम र बा ढीसम्बन्धी आउने मोबाइल एसएमएसमा ध्यान दिन अनुरोध गरिएको छ । बेलैमा सु रक्षित उपाए अपनाएर नदी तटीय क्षेत्रमा नबस्न र केही दिनका लागि जोखिम क्षेत्रबाट अन्यत्रै सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ । यसअघि साउन २५ देखि २९ गतेसम्म मुलुकका विभन्नि क्षेत्रमा भी षण व र्षा भएको थियो । उक्त अवधिमा व र्षापछि आएको बा ढी र प हिरोमा परेर ठूलो ध नजनको क्ष ति भएको छ भने धेरै मानिसहरु हराइरहेका छन् ।

मुलुकमा गएको असार महिनामा मात्रै बाढी पहिरोमा परेर एक सयभन्दा बढीको ज्यान गु माएका छन् भने ४५ बढी हराइरहेका छन् । गत असार २५ देखि २८ सम्म भारी वर्षा हुने पूर्वानुमान गर्दै जल तथा मौसम विज्ञान विभागले सतर्कता रहन सार्वजनिक सूचना जारी गरेको थियो । आवश्यक सा वधानी अपनाउँदा अपनाउँदै पनि ठूलो जनधनको क्षति भयो । यो बीचमा विशेषगरी पहिरोले धेरै मानिसको ज्या न लिएको छ । ह राइरहेको खोजी जारी रहेको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री रामबहादुर थापा बादलले राहत र उद्धार तथा पुनःस्थापनको काम तीव्र पारिएको जनाउनुभएको छ ।

यसपटक भने असरमा आधारित सूचना प्रणाली अपनाइएकाले भारी वर्षा हुने मात्रै सूचना नदिएर कुन ठाउँमा कस्तो असर गर्छ भन्ने सूचनासमेत सार्वजनिक गर्ने गरिएको प्राधिकरणका प्रमुख पोखरेलले बताउनुभयो । त्यस कारण धेरै स्थानबाट पूर्वसूचना प्रणालीको प्रशंसासमेत भएको छ । उहाँले अहिलेदेखि नै सम्बन्धित स्थानीय तह, प्रदेश तथा जिल्ला प्रशासन कार्यालयदेखि सम्बद्ध सङ्घसंस्थासँग समन्वयमा आवश्यक पूर्वतयारी गरिएको बताउनुभयो ।

प्रतिक्रिया