शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

नेपाल प्रहरीको असार २५ गते को बन्ला नयाँ आईजीपी ?

बुधवार , आषाढ १०, २०७७

काठमाडौं,१० जेठ –नेपालको सुरक्षा निकायको महत्वपूर्ण संगठनमध्येको एक नेपाल प्रहरीको बहालवाला प्रहरी महानिरीक्षक (आईजीपी) ठाकुरप्रसाद ज्ञवाली असार २५ गते अनिवार्य अवकाशमा जाँदै हुनु हुन्छ । त्यसैले सरकारले नयाँ आईजीपीको खोजी सुरु गरेको छ । अर्थात् असार २५ गते नेपाल प्रहरीले नयाँ आईजीपी पाउनेछ । यसपटक एआईजी शैलेश थापा क्षेत्री र हरि पालमध्ये एकजना आईजीपी हुने निश्चित छ ।

यसअघि एआईजी नभएको अवस्थामा डीआईजीबाटै आईजीपी बन्दै आएका थिए । वर्तमान आईजीपी ज्ञवाली पनि डीआईजीबाटै नियुक्त हुनु भएको हो । नेपाल प्रहरीमा थापा र पालसँगै एआईजी तारणीप्रसाद लम्साल पनि हुनु हुन्छ । तर उहाँ वर्तमान आईजीपी ज्ञवालीका ब्याजी भएकाले एकै मितिमा अवकाश पाउननु हुनेछ । यस्तोमा थापा र पाल मात्रै आईजीपीका दाबेदार हुनु हुन्छ ।

पाल र थापा दुवै ०४९ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट सेवा प्रवेश गर्नु भएको हो । प्रहरीभित्र दुवै व्यावसायिक अधिकृत मानिहुन्छ । सरकारले उपयुक्त लागेको जुनसुकै व्यक्तिलाई आईजीपी बनाउन सक्ने प्रहरी नियमावलीमा उल्लेख छ । सुरक्षा निकायको महत्वपूर्ण संगठनमध्येको एक नेपाल प्रहरीको आईजीपी नियुक्तिमा प्रधानमन्त्री, सत्तारूढ दलको अध्यक्ष, गृहमन्त्री प्रतिपक्षी दलको समेत चासो रहने गर्छ । अहिले एकै पार्टीको नेतृत्वमा सरकार रहेकाले प्रधानमन्त्रीले रोजेको व्यक्ति नै आईजीपी बन्ने सम्भावना बलियो छ ।

प्रतिस्पर्धा रहेका थापा र पाल विगतमा विवादमा तानिनु भएको छैन् । थापाले हालसम्म झापा, कास्की, महानगरीय प्रहरी कार्यालय रानीपोखरी, प्रहरी प्रवक्तालगायत महत्त्वपूर्ण कमान्ड सम्हालि सक्नु भएको छ । हाल उहाँ मानव स्रोत एवं प्रशासन विभागको प्रमुख हुनु हुन्छ ।

पालले कास्की, रूपन्देही, धनुषा, नुवाकोट, डडेलधुरा, प्रदेश २ र विशेष ब्युरोलगायत महत्वपूर्ण स्थानको जिम्मेवारी निर्वाह गरिसक्नु भएको छ । हाल उहाँ अपराध अनुसन्धान तथा कार्य विभागको प्रमुख हुनु हुन्छ ।

विगतमा जस्तो छैन दौडधूप

यसअघि आईजीपी नियुक्तिमा दाबेदारबीच व्यापक दौडधूप देखिए पनि यसपटक त्यस्तो देखिँदैन । उहाँहरूनिकट स्रोतका अनुसार जो आईजीपी बने पनि एक–अर्कालाई सहयोग गर्ने भद्र सहमति भएको छ ।

यसअघि सर्वेन्द्र खनाल आईजीपी भएपछि उहाँकै ब्याजी रमेश खरेलले पदबाट राजीनामा दिनु भएको थियो । त्यसयता आईजीपी सर्वेन्द्र खनाल र एआईजी पुष्कर कार्कीबीच राम्रो सम्बन्ध नरहेको चर्चा हुँदै आएको थियो । एक उच्च अधिकारीले भन्नु भयो, “उहाँ दुईबीच विगतका प्रतिस्पर्धीजस्तो अवस्थ्य लडाइँ देखिँदैन । दुवैले एक–अर्कालाई स्वीकार्ने अवस्था छ । यसले संगठनको हित गर्छ ।”

प्रतिक्रिया