सिन्धुली,९ असार – लकडाउनका कारण रोजगार गु माएका सिन्धुली जिल्लामा मंगलबारसम्म झण्डै साढे ३३ हजार विपन्न परिवारले रा हत पाएका छन् ।
सिन्धुलीका नौ वटै स्थानीय तहले ल कडाउनका कारण खाद्य सं कटमा परेका अ संगठित क्षेत्रका यि मजदुर परिवारलाई उक्त रा हत बितरण गरेका हुन् । जिल्ला प्रशासन कार्यालयलाई मंगलवार बेलुकासम्म स्थानीय तहले पठाएको बिबरण अनुसार हालसम्म ३३ हजार ३२७ विपन्न परिवारले रा हत पाएका छन ।
रा हत सबैभन्दा बढी कमलामाई नगरपालिकाले बितरण गरेको छ । कमलामाई नगरपालिकाले आठ हजार ९१४ जनालाई रा हत बितरण गरेको छ । दुधौली नगरपालिकाले सात हजार ९९ जनालाई रा हत बितरण गरेको छ । मरिण गाँउपालिकाले छ हजार १०१ जनालाई, तीनपाटन गाँउपालिकाले दुई हजार ८९२ जनालाई, गोलन्जोरले दुई हजार ५७९ जनालाई, सुनकोसी गाँउपालिकाले दुई हजार ५०५ जनालाई, फिक्कल गाँउपालिकाले एक हजार ६६४ जनालाई, हरिहरपुरगढी गाँउपालिकाले ८६७ जनालाई र घ्याङलेख गाँउपालिकाले ७०६ जनालाई रा हत बितरण गरेको छ ।
जिल्ला प्रशासन कार्यालयका अनुसार ल कडाउनका कारण रोजगारी गु माएका र दैनिकी चल्न छो डेका परिवारलाई स्थानीय तहले उक्त रा हत वितरण गरेका हुन् । रा हत वितरणमा लगानी धेरै भएकाले स्थानीय तहले प्रधानमन्त्री रोजगार कार्यक्रम तथा अन्य विकासका काम दिई ज्याला दिन सुरु गरेका हुन । दैनिक ज्यालादारी गरी गु जरा चलाउने श्रमीकलाई नेपाल सरकारको प्याकेज अनुसार खाद्यान्न सामग्री रा हत स्वरुप बितरण गरेको जनाएका छन् ।
तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्ण थापामगरले भने उक्त गाँउपालिकामा दुई हजार ८९२ घर धुरीमा रा हत सामग्री बितरण गरेको बताउनुभयो । बिपन्न श्र मीकलाई रा हत बितरण गर्न टेण्डर गरी ४६ लाख २५ हजार रुपैयाको सामग्री खरिद गरि रा हत बितरण गरेको उहाँले बताउनुभयो । २५ किलो चामल, दुई केजी आयो नुन, दुई केजी मुसुरोको दाल र एक लिटर सुर्यमुखी तेल प्रति परिवार रा हत स्वरुप बितरण गएिको गाँउपालिका अध्यक्ष थापामगरले जानकारी दिनुभयो ।
यता सुनकोसी गाँउपालिकाले भने ल कडाउनका कारण मारमा परेका श्रमीकलाई रा हत प्रदान गर्न तीन दिनको विकास निर्माणका काम दिएर रा हत उपलब्ध गराएको छ ।
रा हत लिन अ नावश्यक मानिसको भिड लाग्न नदिन प्रतिदिन आठ सय रुपैयाका दरले तीन दिनको काम दिने गाँउपालिकाले निर्णय गरेको र प्रति श्र मीक दुई हजार चार सय रुपैया बराबरको रा हत सामग्री उपलब्ध गराईएको गाँउपालिकाले जनाएको छ ।
प्रशासकिय अधिकृत विकास सुन्दासले भन्नुभयो, “करिब ४९ लाख रुपैया बराबरको रा हत सामग्री खरिद गरी भण्डारण गरी राखि सकेका छौं । रा हत लिन सिफारिस भई आएका श्रमीकले आ–आफ्नो टोलबस्तिमा साना कामहरु कुलो खन्ने, बाटो बनाउने, नाला बनाउने, प्रतिक्षालय निर्माण जस्ता काम गरेका छन् । ”
फिक्कल गाँउपालिकाले भने बन्दाबन्दीका कारण रोजगारी गुमाएका श्रमिकको सहयोगका लागि रा हत दिन खाद्य बैंक स्थापना गरेको छ । कोरोना भा इरस स ङक्रमणपछि गाउँपालिकामा पर्नसक्ने अनिकाललाई ध्यानमा राखेर सामाजिक सङघ संस्थाको सहयोगमा खाद्य बैंक स्थापना गरेको गाँउपालिकाले जनाएको छ ।
गाउँपालिका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले रा हत बितरणका लागि प्राप्त हुने जिन्सि सामान संकलनका लागि गाँउपालिकाले निर्णय गरेर खाद्य बैंक स्थापना गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “ती सामाजिक संस्थाले खाद्य बैंकलाई तत्काल २५ केजी दरको ५० पाकेट चामल, ५० लिटर तेल, दाल एक सय केजी, नुन एक सय केजी र साबुन एक सय वटा उपलब्ध गराई सकेका छन् ।”
नेकपा फिक्कल गाँउपालिका कमिटिले पनि एक सय बोरा चामल उक्त बैंकलाई उपलब्ध गराएको उहाँले बताउनुभयो । कोरोना भा ईरस संक्रमणका कारण समस्यामा परेका विपन्न वर्गका व्यक्तिहरु गाँउपालिकाका छ वटै वडाबाट एक हजार ६४४ जनाको नाम संकलन भई आएको र पहिलो चरणमा यिनीहरुलाई रा हत उपलब्ध गराएको गाँउपालिकाले जनाएको छ ।