सिन्धुली,२२ जेठ – रोटरी क्लव अफ धुलिखेलले सिन्धुलीको सुनकोशी गाँउपालिकालाई कोरोना भा ईरस बाट बच्न प्रयोग गरिने विभिन्न सामाग्रीहरु सहयोग गरेको छ । क्लबले सुनकोशी गाँउपालिकालाई एक हजार थान सर्जिकल मास्क र एक सय एमएलका एक सय ओटा हातमा लगाउने सेनिटाईजर सहयोग गरेको हो ।
क्लबका उपाध्यक्ष सुनकोशी गाउपालिकामै आएर पालिका अध्यक्ष दिपा बोहोरा दाहाललाई उक्त सामानहरु हस्तान्तरण गर्नुभएको सुनकोशी गाउपालिकाका स्वास्थ्य शाखा संयोजक ओमप्रकास झाले जानकारी दिनुभयो ।
नेपालमा पछिल्लो सयम कोरोना भाखईरस संक्रमितहरुको संख्या बढ्दै गएकाले सुनकोशी गाउपालिकामा पनि संक्रमण फैलिन सक्ने खतरा भएकाले पुर्व तयारी स्वरुप गाउपालिका अध्यक्ष दाहालको पहलमा सहयोग जुटाईएको उहाँले बताउनुभयो ।