शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

उच्च तहका केही माथि अ नुसन्धान जारी : सेना

शनिवार , जेठ १०, २०७७

काठमाडौँ, १० जेठ – नेपाली सेनाले संगठनभित्र विभिन्न भ्र ष्टाचारका घटनामा संलग्न भएको आरोपमा उच्च तहका सैनिक अधिकृतसहितका पदाधिकारीलाई का रवाही र अ नुसन्धानको दायरामा लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाले संगठनमा भ्र ष्टाचारविरुद्ध शून्य सहनशीलता नीति कार्यान्वयनमा क डाइ गरेपछि उनीहरुलाई अ नुसन्धान र का रवाहीको दायरामा तानिएको हो ।

सोही क्रममा समरी जनरल सैनिक अदालतले सैनिक आवासीय महाविद्यालय भक्तपुरमा कार्यरत रहँदा सम्पत्ति, अनुशासन र आचरणसम्बन्धी कसुर गरेको अ भियोगमा तीन अधिकृतसहित पाँच जनालाई दोषी ठह¥याइ कारवाही गरेको छ । सैनिक कल्याणकारी कोषको लगानीमा सञ्चालित उक्त महाविद्यालयमा आर्थिक अ नियमितता छानविन गर्न सहायक रथीको अध्यक्षतामा गठित कोर्ट अफ इन्क्वायरी बोर्ड गठन भएकामा उसले दिएको प्रतिवेदनको आधारमा समरी जनरल सैनिक अदालतले उनीहरुलाई दो षी ठ हर गरेको थियो ।

उक्त महाविद्यालयका तत्कालीन सम्पर्क अधिकृत महासेनानी भुपालमान अधिकारीसहित १८ जनाको मुद्दा पु र्पक्ष गर्न उपरथीको अध्यक्षतामा गठित अदालतले शुक्रबार फैसला गरेको हो । अदालतले महासेनानी अधिकारीले गैरकानूनीरूपमा सम्पति उपार्जन गरेको ठहर गर्दै रु एक करोड ८५ लाख ४० हजार असुलउपर गर्ने निर्णय सुनाएको छ ।

प्रमुख सेनानी देवबहादुर क्षेत्रीले पनि आर्थिक अ नियमितता गरेको ठहर गर्दै अदालतले दुई वर्ष बढुवा रोक्का गरी निजबाट रु चार लाख ४० हजार असुलउपर गर्ने निर्णय भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अदालतले हुद्दा यज्ञराज पोखरेलाई सेवाबाट ब र्खास्त गरी अनियमित भएको रु तीन लाख ६० हजार असुलउपर गर्ने फैसला गरेको छ ।

त्यस्तै हुद्दा गणेशबहादुर अधिकारीले आर्थिक अ नियमितता गरेको अ भियोगमा दो षी ठह¥याइ अदालतले दुई वर्ष तलब वृद्धि र ग्रेड रोक्का गरी रु १० हजार असुलउपर गर्ने निर्णय गरेकोे हो । अदालतले सहसेनानी सुरेन्द्रविक्रम भण्डारीलाई आर्थिक कार्यमा कानूनी प्रक्रिया अवलम्वन नगरेको ठहर गर्दै न सिहत दिने निर्णय सुनाएको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार सोही मुद्दामा १३ जनाले अभियोगबाट सफाइ पाएका छन् ।

सेनाले पारदर्शिता र जवाफदेहिता कायम गर्न तथा द ण्डहीनता अन्त्यका लागि सेनाले अनुशासन र आचरण विपरीत गर्नेमाथि छानविनको दा यरा बढाएको जनाएको छ । यसैबीच भ्रष्टाचार कार्यमा संलग्न भएकै आरोपमा सेनाले सहायकरथी प्रयोगजंग राणालाई पनि अनुसन्धानको दायरामा ल्याएको जानकारी प्राप्त भएको छ ।

यसैबीच सैनिक मुख्यालले बलाधिकृतरथी शरद गिरी, उपरथी झंकर कडायत र आनन्द अधिकारीको अध्यक्षता बेग्लाबेग्लै कोर्ट अफ इन्क्वायरी बोर्ड गठन गरी विभिन्न घटनामा भ्रष्टाचार र अ नियमिततको आरोप लागेकामाथि अ नुसन्धान र छानविन गरिरहेको थाहा भएको छ । संगठनभित्र आर्थिक अ नियमितताको अ भियोग खेप्नुपर्ने आशंका गरेर केही उच्च सैनिक अधिकृतले राजीनामा दिएर घर बसे पनि उनीहरुलाई अ नुसन्धान दायरामा ल्याएर छानविन भइरहेको जानकारी प्राप्त भएको छ ।

प्रतिक्रिया