शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

चक्रवात अंपुन उत्तरपूर्वतर्फ बढ्यो

बिहिवार , जेठ ८, २०७७

काठमाडौँ, ८ जेठ - बँगालको खाडीबाट बढेर भारतको पश्चिम बँगालमा पुगेको चक्रवात अंपुनले ख तरनाक असरहरु देखाउन थालेको छ । भारतको पश्चिम बँगाल र उडिसा राज्यमा यसले ज नधनको क्ष ति पुर्याएको छ ।

पश्चिम बँगालकी मुख्यमन्त्री ममता बेनर्जीले १२ जनाको मृत्यु भएको उल्लेख गर्दै यसलाई को रोना भा इरस म हामारीभन्दा ख तरनाक भन्नु भएको छ ।

चक्रवात १४ किलोमिटर प्रतिघन्टाको दरले समुन्द्री किनारतर्फ बढिरहेकोमा ख तरनाक गति लिइसकेको छ । यो उडिसामा पुग्दा १५० किलोमिटर प्रतिघन्टाका दरले बढ्यो । पश्चिम बँगालमा पुग्दा झण्डै २ सय किलोमिटर प्रतिघन्टाको वेगले बढेको छ ।

चक्रवातका कारण उडिसा र पश्चिम बङ्गालमा ठुलो वर्षा भएको छ । त्यहाँ पहिलो समेत गएको छ ।

चक्रवातले नेपालमा पनि असर देखिनेछ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अंपुन चक्रवातले वेस्ट वंगाल र वंगलादेशको तटीय क्षेत्र पारगरि अगाडि बढिसकेको छ र लगातार उत्तर उत्तरपूर्व तर्फ बढिरहेको छ । प्रत्यक्ष प्र भाव नरहेपनि अप्रत्यष प्रभाव रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको अप्रत्यक्ष प्रभावबाट देशको खासगरि पूर्व र मध्य क्षेत्रको मौसम आगामि ३-४ दिन सम्म प्रभावित हुनेछ।

प्रतिक्रिया