सिन्धुली,६ जेठ – को भिड–१९ को क हरसँगै सिन्धुली जिल्लामा अहिलेसम्म झण्डै साढे १९ हजार श्रमीकले राहत पाएका छन् ।
जिल्लामा रहेका नौ वटा स्थानीय तह मध्ये सात वटाले दैनिक ज्यालादारी गरी गुजरा चलाउने श्रमीकलाई नेपाल सरकारको प्याकेज अनुसार खाद्यान्न सामग्री रा हत स्वरुप बितरण गरेको जनाएका छन् । मरिण गाँउपालिका, तीनपाटन गाँउपालिका र सुनकोसी गाँउपालिकाले भने अझै श्रमीकलाई राहत बितरण गर्न सकेका छैनन् ।
स्थानीय तहले आईतबारसम्म जिल्ला प्रशासन कार्यालयलाई उपलब्ध गराएको बिबरण अनुसार हालसम्म जिल्लामा लकडाउनका कारण मारमा परेका १९ हजार २४२ परिवारलाई खाद्यान्न सामग्री राहत पाएका छन् । लकडाउनका कारण खाद्य संकटमा परेका अति विपन्न तथा असङगठित क्षेत्रका श्रमिकहरुलाई राहत वितरण गरिएको स्थानीय तहहरुले जनाएका छन ।
कमलामाई नगरपालिकामा सात हजार दुई सय ८८, दुधौली नगरपालिकामा सात हजार ९९, हरिहरपुरगढी गाउँपालिकामा दुई सय, फिक्कल गाउँपालिकामा एक हजार चार सय ४८, घ्याङलेख गाउँपालिकामा सात सय छ र गोलञ्जोर गाउँपालिकामा दुई हजार पाँच सय एक जनालाई राहत वितरण गरेका जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी उपेन्द्र न्यौपानेले बताउनुभयो । त्यस्तै मरिण गाँउपालिकाले भने छ हजार एक सय एक जनालाई सरसफाई सामग्री (साबुन, सेनीटाईजर) बितरण गरेको उहाँको भनाई ।
तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्ण थापामगरले भने उक्त गाँउपालिकामा दुई हजार ८९२ घर धुरीमा राहत सामग्री बितरण गर्ने तयारी भई रहेको बताउनुभयो । बिपन्न श्रमीकलाई राहत बितरण गर्न टेण्डर गरी ४६ लाख २५ हजार रुपैयाको सामग्री खरिद गर्न ठेकेदारसँग सम्झौता भएको उहाँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “अहिले उक्त राहत सामग्री ११ वटै वडामा पु¥याउने काम भई रहेको छ । संभवत मंगलबारसम्म सबै वडामा राहत सामग्री पु¥याईने लक्ष्य छ । त्यसपछि राहत बितरण गर्न सुरु गर्छौ ।” २५ किलो चामल, दुई केजी आयो नुन, दुई केजी मुसुरोको दाल र एक लिटर सुर्यमुखी तेल प्रति परिवार राहत स्वरुप बितरण गरिने गाँउपालिका अध्यक्ष थापामगरले बताउनुभयो ।
यता सुनकोसी गाँउपालिकाले भने ल कडाउनका कारण मारमा परेका श्रमीकलाई राहत प्रदान गर्न तीन दिनको विकास निर्माणका काम दिने भएको छ । राहत प्रदान गर्न सात वटै वडाबाट पहिलो चरणमा दुई हजार ७० जना श्रमीकको नाम सिफारिस भई आएको गाँउपालिकाका प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले जानकारी दिनुभयो ।
राहत लिन अनावश्यक मानिसको भिड लाग्न नदिन प्रतिदिन आठ सय रुपियाका दरले तीन दिनको काम दिने गाँउपालिकाले निर्णय गरेको र प्रति श्रमीक दुई हजार चार सय रुपिया बराबरको राहत सामग्री उपलब्ध गराईने उहाँले बताउनुभयो ।
करिब ४९ लाख रुपिया बराबरको राहत सामग्री खरिद गरी भण्डारण गरी राखि सकेका छौं । राहत लिन सिफारिस भई आएका श्रमीकले आ–आफ्नो टोलबस्तिमा साना कामहरु कुलो खन्ने, बाटो बनाउने, नाला बनाउने, प्रतिक्षालय निर्माण जस्ता काम गर्नु पर्ने प्रमुख प्रशासकिय अधिकृत सुन्दासले बताउनुभयो ।
उता मरिण गाँउपालिकालाई भने राहत सामग्री बितरण गर्न निकै सकस परेको छ । मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बम्जनले वडाबाट सिफारिस भई आएका श्रमीकको नामावली हुनेखाने व्यक्तिको पनि नाम परेकोले अहिले छलफलको चरणमा रहेको बताउनुभयो ।
“पहिलो र दोस्रो चरण गरि करिब नौ सय जनाको नामावली आएको छ । यि सबै राहत दिनै खालका नाम होईनन्,” उहाँले भन्नुभयो, “अझै नामावली टुङग्याउन तीन/चार दिन जती लाग्छ । बास्तविक श्रमीक, जो अहिलेको महामारीले मारमा परेका छन् । त्यस्ताले राहत पाउन भने विपद व्यवस्थापन समितिको ठम्याई हो ।”
चेतनाको कमी र अराजक गतिविधि जस्ता कारणले राहत पाउने सूचीमा मानिसको भिड लागेको गाँउपालिका अध्यक्ष बम्जनले बताउनुभयो ।
फिक्कल गाँउपालिकाले भने बन्दाबन्दीका कारण रोजगारी गुमाएका श्रमिकको सहयोगका लागि राहत दिन खाद्य बैंक स्थापना गरेको छ । कोरोना भाइरस सङक्रमणपछि गाउँपालिकामा पर्नसक्ने अनिकाललाई ध्यानमा राखेर सामाजिक सं संस्थाको सहयोगमा खाद्य बैंक स्थापना गरेको गाँउपालिकाले जनाएको छ ।
गाउँपालिका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले राहत बितरणका लागि प्राप्त हुने जिन्सि सामान सङकलनका लागि गाँउपालिकाले निर्णय गरेर खाद्य बैंक स्थापना गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ती सामाजिक संस्थाले खाद्य बैंकलाई तत्काल २५ केजी दरको ५० पाकेट चामल, ५० लिटर तेल, दाल एक सय केजी, नुन एक सय केजी र साबुन एक सय वटा उपलब्ध गराई सकेका छन् ।’
नेकपा फिक्कल गाँउपालिका कमिटिले पनि भर्खरै एक सय बोरा चामल उक्त बैंकलाई उपलब्ध गराएको उहाँले बताउनुभयो । कोरोना भाईरस सङक्रमणका कारण समस्यामा परेका विपन्न वर्गका व्यक्तिहरु गाँउपालिकाका छ वटै वडाबाट एक हजार ४४८ जनाको नाम सङकलन भई आएको र पहिलो चरणमा यिनीहरुलाई राहत उपलब्ध गराएको गाँउपालिकाले जनाएको छ ।