सिन्धुली– सिन्धुली जिल्ला अस्पतालका वरिष्ठ विशेषज्ञ डाक्टर अभिषेक भण्डारीले आफ्नो जन्मदिन अ'नाथालयमा मनाउनु भएको छ । डा. भण्डारीले आफ्नो ३२ औँ जन्मदिन सिन्धुलीको कमलामाई नगरपालिका ४ मा रहेको शैलशिखर अ'नाथलयमा मनाउनु भएको हो ।
छाती, पेट, मुटु र मिर्गौला रोग विशेषज्ञ भण्डारीले अनाथ आश्रममा आश्रित १० जना बालबालिकाकोलागि मंगलबार सहयोग गर्दै जन्मदिन मनाउनु भएको छ ।

उहाँले अनाथलयमा स्वास्थ्य प'रिक्षण, परामर्श र औषधी तथा खाद्यान्न सहयोग गर्नुभएको हो । डा. भण्डारीले अ'नाथलयमा आश्रित बालबालिकाको लागि ५ लिटर खाने तेल, एक दर्जन साबुन, एक कार्टुन चाउचाउ, ५ बक्सा बिस्कुट, ४ प्याकेट नुन, १ पाउ बेसार र आधा केजि जिरा मसला सहयोग गर्नुभएको हो । उहाँले अनाथलयमा रहेका बालबालिकाको लागि जुगाको औषधि पनि सहयोग गर्नुभएको छ ।
जन्मदिन मनाउने क्रममा डा. भण्डारीले बालबालिकासँग परामर्श गर्नुभएको थियो । उहाँले बालबालिकालाई ज्ञानी बनेर धेरै समय अध्ययनकालागि व्यतित गर्न आग्रह गर्नुभयो । डा. भण्डारीसँग बालबालिका रमाइरहेको देख्न सकिन्थ्यो ।