शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको चार वटा स्थानीय तहले मात्रैे रा’हत बितरण गरे

सोमवार , बैशाख २२, २०७७

सिन्धुली, २२ बैशाख – सिन्धुली जिल्लामा रहेका नौ वटा स्थानीय तहमध्ये अहिलेसम्म चार वटा स्थानीय तहले मात्रै पहिलो चरणको रा’हत बितरण गरेका छन् ।

विश्वभरी म'हामारीको रुपमा फैलिएको को’रोना भा’ईरस नि'यन्त्रणका लागि सरकारले ल’कडाउन घोषणा गरेपछि दैनिक ज्यालादारी मज्दुरलाई मा’र परेको भन्दै त्यस्ता व्यक्तिलाई रा’हत उपलब्ध गराएको स्थानीय तहले जनाएका छन् । सरकारी मापदण्ड अनुसार चामल, दाल, तेल, नुन, मसला लगायत दुइहजार सातसय ३० रुपैंया बरावर खाद्यान्न रा’हत उनीहरुले पाएका छन् ।

टोलसुधार समिति, वडा कार्यालय हुदै नगरपालिका र गाउपालिकामा आएका रा’हत नामावली अनुसार कमलामाइ नगरपालिका, दुधौली नगरपालिका, गोलन्जोर गाँउपालिका र फिक्कल गाँउपालिकाले मात्रै बितरण गरेका छन् ।

कमलामाई नगरपालिकाले एक हजार ७२२ जना, दुधौली नगरपालिकाले एक हजार २७५ जना र गोलन्जोर गाँउपालिकाले दुई हजार पाँच सय जनालाई पहिलो चरणको रा’हत बाँडेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

फिक्कल गाँउपालिकाले भने आईतबारबाट वडा नं. ५ बाट रा’हत बितरण गर्न सुरु गरेको र उक्त वडामा २३० जनाको रा’हत बितरणका लागि नामावली संकलन भएको गाँउपालिकाका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

उक्त गाँउपालिकाले रा’हत बितरण गर्न टेण्डर प्रक्रियाबाट रा’हत सामग्री खरिद गरेको र खाद्य बैंक पनि स्थापना गरेको उहाँले सुनाउनुभयो । उहाँका अनुसार रा’हत बितरण गर्न गाँउपालिका भरिमा १४८ जनाको नामावली सङकलन भएको छ । यसअघि ३६ जनालाई रा’हत बितरण गरि सकेको अवस्था छ ।

जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत तथा प्रबक्ता उपेन्द्र न्यौपानेले स्थानीय तहले नेपाल सरकारले तयार पारेको प्याकेज अनुसार रा’हत बितरण गरेको बताउनुभयो । बितरण नभएका स्थानीयतहलाइ चाडो गर्न भनिएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘अरु स्थानिय तहमध्ये कसैले रा’हत सामग्री खरीद गर्न भर्खर टेण्डर आह्वान गरेको बताएका छन् भने कसैले नामावली सङकलन हुदै गरेको जनाएका छन् ।’

तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापामगरले गाँउपालिकाका दुई हजार ३०५ जनालाई रा’हत सामग्री खरिद गर्न आईतबार तीन दिनको टेण्डर आह्वानको सूचना प्रकासित गरेको जानकारी दिनुभयो ।

घ्याङलेख गाँउपालिकाका अध्यक्ष जगतबहादुर भोलनले रा’हत सामग्री किन्न सदरमुकाम पठाएको र गाँउपालिका आई नपुगेको बताउनुभयो । उक्त गाँउपालिकामा ७०८ जनालाई रा’हत सामग्री बितरण गर्ने तयारी गरिएको छ । गाँउपालिकामा दैनिक ज्यालादारी गरी खाने व्यक्ति नभएका र तीन महिनाभन्दा कम खान पुग्ने परिवारलाई उक्त रा’हत उपलब्ध गराईने उहाँको भनाई छ ।

उता मरिण गाँउपालिकाका अध्यक्ष पानीराज बम्जन भने वडा कार्यालय हुदै छ सय जनाको हारा’हारीमा नामावली आएको र उक्त नामावली हुने खानेको पनि आएकोले काँटछाँट गर्न बाँकी रहेको बताउनुहुन्छ ।

रा’हत पाउने ज्यालादारी श्रमिक तथा विपन्न वर्गकाहरुको नाम समावेश नभएको भन्दै एकातिर आक्रोस पोखिएको छ भने कही दामासाही गरि बितरण गरिएको स्थानीय व्यक्तिले बताएका छन् । रा’हत लिन आउनेहरुको भिड भएमा दामासाही बितरण भएको छ । कमलामाइ नगरपालिकाको वडा नं ५ मा भने प्लान नेपाल नामक गैरसरकारी संस्थाले नगदै बितरण गरेको छ ।

प्रतिक्रिया