शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा ५ हजार भन्दाबढी विपन्न परिवारले राहत पाए

आइतवार , बैशाख २१, २०७७

सिन्धुली, २१ बैशाख – सिन्धुलीका तिन स्थानियहरुले मात्रै लकडाउनका कारण छाक टार्न स’मस्यामा परेका विपन्न परिवारलाई राहत उपलब्ध गराएका छन् । ल’कडाउन सुरु भएपछि अहिले सम्म सिन्धुलीका तिन स्थानिय तहहरु कमलामाई नगरपालिका, दुधौली नगरपालिका र गोलन्जोर गाउपालिकाले मात्रै राहत वितरण गरेका छन् । यी तिन स्थानिय तहहरुले अहिले सम्म ल’कडाउनका कारण छाक टार्न समस्यामा परेका विपन्न ५ हजार २ सय ६१ परिवारहरुलाई राहत वितरण गरेको हो ।

कमलामाई नगरपालिकाले १ हजार ७ सय २२, दुधौली नगरपालिकाले १ हजार २ सय ७५ र गोलन्जोर गाउपालिकाले २ हजार ५ सय १ विपन्न परिवारलाई राहत वितरण गरेर जिल्ला वि’पद् व्यवस्थापन समिति सिन्धुली तथा सं ’कट व्यवस्थापन केन्द्रमा विवरण पठाएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सुचना अधिकारी प्रशासकिय अधिकृत उपेन्द्र न्यौपानेले जानकारी दिनुभयो । यी बाहेक हरिहरपुरगढी, मरिण, तिनपाटन, घ्याङलेख, सुनकोशी र फिक्कल गाउपालिकाले पनि राहत वितरणका लागि लगत संकलनको काम अन्तिम चरणमा पुर्याएको उहाँले जानकारी दिनुभयो ।

राहत वितरण गरेका स्थानिय तहहरुले करिव १० देखि १५ दिन सम्म पुग्ने चामल, नुन,तेल, दाल, साबुन लगाएतका दैनिक उपभोग्य सामाग्रीहरु वितरण गरेका छन् । लकडाउनका कारण छाक टार्नै समस्यामा परेका आफ्ना नागरिकहरुलाई भोकै नराखिने स्थानिय सरकारहरुले प्रतिबद्धता जनाएका छन् ।

सिन्धुलीका नौ वटै स्थानिय तह तथा सरोकारवाला निकायहरुले विश्वभर फैलिरहेको को ’रोना भा’ईरस संक्रमण रोकथाम तथा नि’यन्त्रणका लागि पुर्वतयारी गरिरहेका छन् । त्यसैक्रममा अहिले सम्म सिन्धुलीका सबै स्थानिय तहहरुमा गरी २ सय २० बेड क्षमताको क्वा’रेन्टाईन, र ३३ वेड क्षमताको आ’ईसोलेसन कक्ष निर्माण गरी तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।

अहिले सम्म सिन्धुलीमा भारत तथा तेस्रो मुलकबाट आएका ४ सय ७० जनाको ¥यापिट डाईग्नोष्टिक टेष्ट आरडिटी विधिबाट कोरोना भ’ाईरस परिक्षण भएको छ । भने ८ जनाको पिसिआर विधिबाट परिक्षण भएको छ । परिक्षण भएको सबै जनाको रिर्पोट नेगेटिभ देखिएको छ ।

प्रतिक्रिया