सिन्धुली,१९ बैशाख– कमलामाई नगरपालिका ६ स्थित फुलबारी टोल सुधार समितीले आफ्नो टोलमा बस्ने १९ जनालाई रा’हत बितरण गरेको छ ।
मजदुर, अति बि’पन्न तथा कोठा भाडामा बस्ने १९ जनालाई टोलबासीसंग केहि पैसा संकलन गरी रा’हत बितरण गरिएको टोल सुधार समितीका अध्यक्ष भक्तबहादुर राईले जानकारी दिनुभयो ।
वडामा एक महिना अगाडीनै राहत बाड्नु पर्ने ब्यक्तिहरुको नावबली दिईएको भए पनि अहिले सम्म नगरपालिकाले राहत नबाड्दा ति मजदुर, अति बिपन्न तथा कोठा भाडामा बस्नेहरुको स्थिती नाजुक हुदै भोक भोकै बस्न पर्ने अबस्था भएपछि बैठक बसेर निर्णय गरी राहत बितरण गरिएको राईको भनाई छ ।
टोलबासीले स्वईच्छाले दिएको केहि रकम जम्मा गरी चामल एक बोरा, नुन दुई पोका, तेल एक लिटर, दाल, साबुन लगाएत बितरण गरिएको बताईएको छ ।