सिन्धुली,५ बैशाख – लकडाउन भएको झण्डै एक महिना हुन लाग्दा समेत रा’हत नपाएको गुनासो आउन थालेपछि सिन्धुलीका एक शिक्षकले बिहिबार वि’पन्न डेरावाल दलित परिवारलाई राहत प्रदान गर्नुभएको छ ।
कमलामाई नगरपालिका वडा नं. ४ बिपिनगर आदर्श टोलका स्थानियबासी शिक्षक सन्तोष कुमार बोहोराले आफ्नो टोलमा डेरा गरी बस्ने वि’पन्न ९ जनाको परिवारलाई राहत प्रदान गर्नुभएको हो ।
लकडाउनका कारण मजदुरी गर्न नपाएको र डेरामा खानेकुराको अभाव हुन थालेको गुनासो सुनिन थालेपछि आफुले सकेको सहयोग गर्न प्रेरणा मिलेको शिक्षक बोहोराले बताउनुभयो । धर्मपत्नी ज्वाला कार्की (बोहोरा) र आफ्नो पहलमा ८ जना दलित परिवार र १ जना गैर दलित परिवारलाई राहत वितरण गरेको उहाँले बताउनुभयो ।
हिष्टुन केन्द्रिय सचिव तथा सिन्धुली जिल्ला अध्यक्ष समेत रहनु भएका शिक्षक बोहोराले प्रति परिवार २० केजी चामल, १ लिटर तेल, १ पोका नुन, १ प्याकेट मसला, २ केजी दाल, १ प्याकेट सरफ, र १ वटा हात धुने सावन प्रदान गरेको बताउनुभयो ।
यता कमलामाई ४ ढुग्रेवासमै रहेको कमला सप्लायर्सका सञ्चालक जयकुमार दासले सिन्धुली अस्पतालमा कार्यरत चिकित्सकको लागि २ बोरा रोयल बासमती चामल, १० केजी चिउरा, ५ केजी रहर दाल र १ कार्टुन धारा तेल सहयोग स्वरुप प्रदान गर्नुभएको छ । दासले कमलामाई ४ ढुंग्रेबासमा रहेको शैलशिखर अनाथालयमा आश्रित बालबालिकाको लागि पनि खाद्यन्न सामाग्री प्रदान गर्नुभएको जनाइएको छ ।