शुक्रवार, आश्विन ९ गते २०८३

Friday 25th September 2026

हा'वाहुरी सहित व'र्षाको सम्भावना

बुधवार , बैशाख ३, २०७७

काठमाडौं, ३ वैशाख - पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज मध्यान्हपछि आंशिकदेखि सामान्य बदली भई देशका अधिकाश भू–भागमा मे'घगर्जन र हा'वाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले आज एक विशेष बुलेटिन जारी गर्दै देशको मध्य र पूर्वका केही स्थानहरु तथा पश्चिमी भू–भागका एक/दुई स्थानमा मे'घगर्जन, च'ट्याङ्ग, अ'सिना र हा'वाहुरीसहित वर्षाको सम्भावना रहेकाले सचेत रहन आग्रह गरेको छ ।

हाल देशको मध्य र पूर्वका अधिकांश भू–भागमा र पश्चिमका केही भू–भाग पूर्ण वदली भई थोरै स्थानमा मे'घगर्जन, च'ट्याङ्ग, अ'सिना र हा'वाहुरीसहित वर्षा भईरहेको छ र बाँकी भू–भागमा आंशिक बदली रहेको छ । राती देशको पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली भई मध्य र पश्चिमी पहाडी भू–भागका केही स्थानहरुमा र पूर्वका एक–दुई स्थानमा मे'घगर्जन, च'ट्याङ्ग र हा'वाहुरीसहित वर्षाको सम्भावना रहेका बताइएको छ । भोली देशभर आंशिकदेखि सामान्य बदली बदली रही देशका केही स्थानमा मे'घगर्जन च'ट्याङ्ग र हा'वाहुरीसहित व'र्षाको सम्भावना रहेको जनाएको छ ।

शुक्रबार देशभर आंशिकदेखि सामान्य बदली रही मध्य र पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानका साथै पूर्वी भू–भागका केही स्थानमा मेघगर्जन हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ । मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १४ दशमलव ४ डिग्री र अधिकतम तापक्रम २८ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया