शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीको  वास्तविक मजदुरी गर्ने,असाहय, असक्तलाई मात्रै राहत दिएका छौं : अध्यक्ष कार्की,(अडियो सहित)

सोमवार , बैशाख १, २०७७

सिन्धुली,१ बैशाख– सिन्धुलीको गोलन्जोर गाउपालिकाका ज्याला म'जदुरी गरेर गुजरा गर्ने, परिवारले रा'हत पाएका छन् । दैनिक ज्याला–मजदुरी गरेर परिवार पाल्दै आएका परिवार, असाहय, अ'शक्त ए'कल महिला, वि'पन्न, ग'रिव समुदायका परिवारलाई गोन्जोर गाउपालिकाले रा'हत प्रदान गरेको हो ।

को'रोना भा'इरसको सं'क्रमण फैैलिन नदिन सरकारले गरेको लकडाउनका कारण हातमुख जोर्न नै समस्यामा परेकाहरूको पहिचान गर्दै गाउपालिकाले २ हजार २ सय ९९ सय घरधुरीलाई रा'हत वितरण गरेको गोलन्जोर गाउपालिका अध्यक्ष पुष्प बहादुर कार्कीले बताउनुभयो ।

को'रोना भा'ईरस(को'भिड- १९)को सं'क्रमण फै'लिन नदिन क्यारेन्टाईन, आ'ईसोलेसन वार्ड निर्माण सम्पन्न गरेको अध्यक्ष कार्कीले बताउनुभयो । भारत तथा तेस्रो मुलकबाट आएकाहरुको तथ्याक संकलन गरेर उनीहरुलाई नियमित नि'गरानी तथा क्वोरेन्टाईनमा राखिएको पनि उहाँले बताउनुभयो ।

को'रोना भा'ईसरको सं'क्रमण नि'यन्त्रणका लागि विभिन्न उपायहरु अपनाएको भन्दै काठमाडौं लगाएतका ठाउँबाट पैदल हिडेर आउनुहरुलाई उ'द्धार तथा निःशुल्क खाने कुराको व्यवस्था गरेको बताउनुभयो । उहाँका अनुसार राहतमा एक बोरा चामल, तेल, चना, दाल, नुन लगाएतका दैनिक उपभोग्य बस्तुहरु उपलब्ध गराइएको छ । गाउपालिकाले प्रत्येक वडाको टोलटोलबाट तथ्यांक संकलन गरेर वास्तविक पीडितलाई राहत वितरण गरेको उहाँको दावी छ ।

अडियो सुन्नुस :

https://soundcloud.com/user-364058335/lcpl8k8cdhki

प्रतिक्रिया