शनिवार, आश्विन ३ गते २०८३

Saturday 19th September 2026

सिन्धुलीमा आगलागीको दृश्य यस्त देखियो (हेर्नुस तस्विर)

आइतवार , चैत्र ३०, २०७६

सिन्धुली,३० चैत – सिन्धुली जिल्लाको विभिन्न भागमा रहेका सामुदायिक वनहरु बिगत केही दिनदेखि व्यापक ड’ढेलोको च’पेटामा परेका छ ।

गर्मी र हावाहुरीको मौसमसँगै केहि दिनदेखि सदरमुकाम सिन्धुलीमाढी वरपरका सामुदायिक वनमा लागेको ड’ढेलो अझै नि’भेको छैन । सदरमुकाम वरपर रहेको च्याउकोट, कमलामाई, सरस्वती, कमला, खाडीखोला, कोप्चेखोला लगायतका सामुदायिक वनमा ड’ढेलो व्यापक लागेको र अझै न’निभेको स्थानीय बासिन्दाले बताएका छन् ।

वनहरुमा लागेको ड’ढेलोका कारण संरक्षित वन न’ष्ट हुनुका साथै नजिक रहेका घरगोठ तथा बस्तीहरु समेत जो’खिममा परेको कमलामाई नगरपालिका–४ स्थित च्याउकोट सामुदायिक वन समितिका उपभोक्ता अमृतबहादुर भुजेल बताउनुहुन्छ । उहाँले भन्नुभयो, “वनमा ड’ढेलो लागेको दुई दिनभयो, नि’भाउन सकिएको छैन ।”

स्थानीय उपभोक्ताका अनुसार च्याउकोट सामुदायिक वन अन्तर्गतको देउराली संरक्षित वनमा लागेको ड’ढेलोको केही भाग भने शुक्रबार नगरपालिकाको बारुण यन्त्रले नि’यन्त्रणमा लिएको छ । स्थानीय, प्रहरी र बारुणयन्त्रका कर्मचारीहरु मिलेर ड’ढेलोलाइ नि’यन्त्रणमा लिएका थिए । तर राती फेरि सल्किएको छ । सोही वनको बाघचाल, च्याउकोट, कात्तिके लगायतका स्थानमा भने ड’ढेलो लागिरहेको छ ।

यता सामुदायिक वन उपभोक्ता महासंघ सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठ पनि विगत दुई दिनदेखि सरदमुकाम आसपासका सामुदायिक वनमा ड’ढेलो व्यापक देखिएको बताउनुहुन्छ । “आ’गो नि’भाउन गएका कारण रातभरी सु’त्न पाएका छैनौ,” उहाँले भन्नुभयो, “शुक्रबार राती अबेरसम्म लगाएर कमलामाई सामुदायिक वनमा लागेको ड’ढेलो निभायौं, शुक्रबार राती फेरी सरस्वती र कमला सामुदायिक वनमा ड’ढेलो लागेछ । शनिबार विहानभरी निभाउने प्रयास गरेको भएपनि नि’यन्त्रणमा आउन सकेको छैन ।”उहाँले सदुमुकाम आसपासका सामुदायिक वनमा लगाएको ड’ढेलो शनिबार बिहानसम्म न’निभेको सुनाउनुभयो । उहाँका अनुसार घाँसको लोभमा गोठाला तथा घा“सीहरुले आगो सल्काइदिने भएकाले स्थानीयले नि’यन्त्रणका लागि खासै प्रयास गर्दैनन् । घर तथा वस्ती नै आ’गलागि भएमा मात्र को’कोहोलो हुने गरेको छ ।

ड’ढेलोका कारण वन क्षेत्रका साना बीरुवाहरु स’खाप भएका छन् भने बहुमुल्य जडिबुटी समेत न’ष्ट भएको स्थानीय बासिन्दा बताउछन् । साँझ परेपछि विभिन्न जंगलमा बाक्लै रुपमा ड’ढेलो लागेको देखिने गरेको छ । ड’ढेलोको धुवाका कारण बायुमण्डल नै तु’वालोले ढाकेको र मानिसलाई समेत आँखा पो’ल्ने जस्तो समस्या देखिन थालेको स्थानीयको भनाई छ । वन क्षेत्रमा लोगको ड’ढेलोको धु’वाले बायुमण्डललाई हुस्सु झै ढाकेर सडकमा हिड्ने बटुवाको आँखा पो’ल्ने गरेको कमलामाई नगरपालिका–४ निवासी पूर्णबहादुर मगर बताउनुहुन्छ । “आज त हुस्सु लगेजस्तै देखिएको छ, वल्लो गाँउबाट पल्लोगाँउ राम्ररी देखिएको छैन,” उहाँले भन्नुभयो, “ड’ढेलोले बाताबरण नै प्र’दुषण गराई मानिसको स्वास्थ्यमा नै अ’सर पु¥याई रहेको छ । तर त्यसरी ड’ढेलो लाउनेलाई सम्बन्धित निकायले पहिचान गरेर का’रबाही प्रकृयाअघि नबढाउदा उक्त कार्यले झन प्रोत्साहन पाई रहेको छ ।”

कमलाखोंच र मरिण क्षेत्र मात्र हैन, सिन्धुलीमाढीका सामुदयिक वन समूहरुको जंगलमा लागेको आगोले साँझपर्नासाथ सदरमुकाम नै उज्यालो हुने गरेको स्थानीय बासिन्दा बताउछन् । उपभोक्ताहरुमा चेतनाको कमीले गर्दा आगलागी घ’ट्ना भई रहेको सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष श्रेष्ठको भनाई छ । ‘कतिपय सामुदायिक वन समूहका पदाधिकारीहरुलाइ त फोन गरेर आगो निभाउन भनेको छु,‘ उहाँले भन्नुभयो, “कतिपयले नि’यन्त्रणको प्रयास गरेका छन्, कतिपय वास्तै गर्दैनन् ।”

ड’ढेलोले संरक्षित साल तथा अन्यजातका रुखहरु, वनस्पति, चराचुरुङ्गी र जीवजन्तुलाइ प्र’त्यक्ष अ’सर गर्ने डिभिजन वन कार्यालयले जनाएको छ । यो बर्ष झण्डै १५ वटा सामुदायिक वनमा आ’गलागिको स’मस्या देखिएको र चन्ददेवी बाहेक अरु वनमा लागेको ड’ढेलो नियन्त्रण गरिएको डिभिजन वन कार्यालयका प्रमुख नारायण श्रेष्ठले दावी गर्नुभयो ।उहाँले भन्नुभयो, ‘ड’ढेलो नियन्त्रण गर्न उपभोक्ताले पनि धेरै सहयोग गरेका छन् । वन कार्यालयकै कर्मचारी परिचालन गरी दिन रात नभनी ड’ढेलो नियन्त्रण गर्ने प्रयास गरि रहेका छौं । ड’ढेलोले निकै हैरान दिएको छ ।’

कार्यालयका अनुसार उपभोक्ताकै आकर्षणका कारण सिन्धुली जिल्लामा हालसम्म ५०८ वटा सामुदायिक वन समिति गठन गरि उपभोक्तालाई हस्तान्तरण भई सकेको छ । हस्तान्तरण भई सकेका यी सामुदायिक वनले जिल्लाको कुल राष्ट्रिय वन क्षेत्रफल एक लाख ५४ हजार ४०७ दशमलब ८५ हेक्टरमध्ये ८९ हजार ९४० दशमलब ४२ हेक्टर क्षेत्रफल ओगटेको छ । हस्तान्तरित सामुदायिक वनबाट ५४ हजार ३६३ घरपरिवारका उपभोक्ताहरु प्रत्यक्ष रुपमा लाभान्वित भएका छन् ।

प्रतिक्रिया