शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

जीपी फाउण्डेशन सिन्धुलीद्वारा राहत सामग्री बितरण

शनिवार , चैत्र २९, २०७६

सिन्धुली,२९ चैत – सिन्धुलीको कमलामाई नगरपालिका–४ ढुंग्रेबासस्थित गिरीजाप्रसाद कोईराला (जीपी) फाउण्डेसनले शुक्रबार शैलशिखर अनाथलयलाई राहत सामग्री बितरण गरेको छ ।

जीपी फाउन्डेशन सिन्धुली शाखाका अध्यक्ष नबराज श्रेष्ठ आकासले उक्त संस्थाका अध्यक्ष बिष्णुप्रसाद देवकोटालाई उक्त राहत सामग्री हस्तान्तरण गर्नु भएको हो । हस्तान्तरण गरिएको राहत सामग्रीमा चामल, दाल, तेल र नुन लगायतको खाद्य सामग्री रहेको छ ।

त्यस्तै ढुंग्रेबास निवासी निरन श्रेष्ठले उक्त अ’नाथलयलाई सोही अबसरमा टमाटर, सिमी, भाण्टा लगायतको २५ केजी तरकारी राहत स्वरुप उपलब्ध गराएको बताउनु भएको छ ।

विश्वमा म’हामारिका रुपमा फैलिएको को’रोना भा’ईरस नि’यन्त्रणका लागि अ’नाथ बालबालिकालाई पनि असर पुगेकोले जीपी फाउण्डेशनले राहत सामग्री उपलब्ध गराएको उक्त संस्थाका अध्यक्ष नबराज श्रेष्ठले बताउनुभयो ।

उक्त संस्थाले शुक्रबार नै कमलामाई नगरपालिका ६ राममाडीस्थित कृष्ण प्रणामी बृद्धाश्रमलाई पनि राहत सामग्री हस्तान्तरण गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले उक्त राहत सामग्री लकडाउनका कारण मारमा परेका दैनिक ज्यालादारी गर्ने मजदुरलाई पनि वडा कार्यालयको समन्वयमा बितरण गर्ने बताउनुभयो ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा जीपी कोईराला फाउण्डेशन सिन्धुली शाखका सचिब शेखर मिश्र, नेपाल विद्यार्थी संघ सिन्धुलीको नेताहरु उत्पल खड्का, ईश्वर बस्नेत, सन्तोष घिमिरे लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया