सिन्धुली,२७ चैत– सिन्धुलीको कमलामाई नगरपालिकाले को’रोना भा’ईरसको सं’क्रमणको जो’खिम मोलेर भएपनि वडा वडामा सामाजिक सुरक्षा भत्ता बितरण कार्यलाई तीब्रता दिएको छ ।
चैत २४ गते वडा नं. ६ बाट सुरु भएको सामाजिक सुरक्षा भत्ता बितरण कार्य अहिले धमाधम उक्त वडा सहित अधिकांस वडाले बितरण गरि रहेको कमलामाई नगरपालिकाले जनाएको छ । नगरपालिकाका समाजिक शाखा प्रमुख बबिन्द्रलाल माझीले नगरपालिकाका १४ वटै वडामा सामाजिक सुरक्षाको भत्ता निकासा भएर बाड्न लगि सकेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “वडा नं. १, २ र ३ को मलाई ख्याल भएन । बाँकी सबै वडाले बुधबारदेखि उक्त भत्ता बाड्न सुरु गरेका छन् । झन वडा नं. ६ ले त सोमबारदेखि नै सुरु गरेको हो ।” लकडाउनका कारण विपन्न वर्ग मारमा परेकोले राहत स्वरुप समय अगावै चैत र बैशाख महिनाको सामाजिक सुरक्षा भत्ता बाँड्न सुरु गरिएको उहाँले बताउनुभयो ।
को’रोना भा’ईरसको सं’क्रमणका कारण सरकारले मुलुकलाई नै लकडाउन घोषणा गरी घरबाहिर निस्किएर भिडभाड नगर्नु भनि रहेको बेला कमलामाई नगरपालिकाले सुरु गरेको उक्त भत्ता बितरणमा कर्मचारीले नै अ’सन्तुष्ट देखाएका छन् ।
“जो’खिम मोलेर भए पनि सामाजिक सुरक्षा भत्ता बितरण गर्दै छौं,” भत्ता बितरण कार्यमा खटिएका एक वडा सचिबले नाम नलेख्न अनुरोध गर्दै भन्नुहुन्छ, “सरकारले भिडभाड हुने कार्य नगर्नु भनेको छ, तर हामीलाई भने भिडभाड हुने कार्यमा खटाईएको छ ।”
“गाँउका मान्छे कुरै बुझ्दैनन्, नजिक नआउनु भन्दा झुम्मि हाल्छन्,” उहाँले भन्नुभयो, “अहिलेको बेलामा भत्ता बाड्न सकिदैन, पछि बाँडौ भन्दा पनि लठ्ठी लगाएर जत्तिकै पठाईयो ।” समय अगावै भत्ता पाउदा सामाजिक सुरक्षाको भत्ता पाउने नागरिक खुशी भएपनि कर्मचारीलाई भने निकै जो’खिम रहको तीनै कर्मचारीको भनाई छ ।
कमलामाई नगरपालिकामा सामाजिक सुरक्षा भत्ता लिनेको सङख्या दोस्रो चौमासिक सम्ममा सात हजार ६०२ जना रहेको र दुई महिनाको भत्ता स्वरुप तीन करोड ६७ लाख ९९ हजार दुई रुपैया खर्च हुने नगरपालिकाले जनाएको छ । जेष्ठ नागारिक, दलित, एकल महिला, लोपोन्मुख, अपाङग, आंशिक अपाङग लगायतले उक्त भत्ता पाउदै आएका छन् ।
नगर प्रमुख खड्गबहादुर खत्रीको संयोजकत्वमा नगरस्तरीय विपद व्यवस्थापन निर्देशक तथा समन्वय समितीको शुक्रबार बसेको वैठकले सामाजिक सुरक्षा भत्ता पाउने नागरिकलाई लकडाउनको समयमा चैत र बैशाख महिनाको भत्ता दिने निर्णय गरेको थियो ।
कमलामाई नगरपालिका वडा नं. ६ का सदस्य लोकबिक्रम थापा पनि लकडाउनको समयमा खान बस्नको लागि सहयोग पुगोस भनेर भत्ता बितरण सुरु गरेको बताउनुहुन्छ । उहाँले भन्नुभयो, “लकडाउनको समयमा भत्ता बितरण कार्य जो’खिम रहेपनि दैनिक ज्यालादारी खाने वर्गलाई भने निकै सहयोग पुगेको छ ।”