शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

कमलामाई नगरपालिकाद्वारा गिटी कुट्ने मजदुरलाई राहत बितरण

सोमवार , चैत्र १७, २०७६

सिन्धुली,१७ चैत – सिन्धुलीको कमलामाई नगरपालिकाले सदरमुकाम सिन्धुलीमाढीस्थित गिटी कुट्ने मजदुरलाई सोमबारदेखि राहत प्याकेज बितरण गर्न सुरु गरेको छ ।

उक्त खोलामा गिटी कुट्ने ६० जनालाई पहिलो चरणमा घरमै गएर राहत प्याकेज बितरण सुरु गरिएको नगरपालिकाका मेयर खड्गबहादुर खत्रीले जानकारी दिनुभयो । उहाँले लकडाउनका कारण उनीहरुलाई खानको समस्या भएकोले पहिलो चरणमा अति विपन्न वर्गका ती मजदुरलाई राहत प्याकेज बितरण गर्न सुरु गरेको बताउनुभयो ।

उक्त राहत प्याकेजमा चामल २० केजी, दाल तीन केजी, आलु दुई केजी, चिनी एक केजी, तेल एक लिटर, नुन एक केजी र बेसार ५० ग्राम रहेको नगरपालिकाले जनाएको छ ।

नगरपालिकाका सूचना अधिकारी सागरकुमार ढकालका अनुसार कमलामाई नगरपालिकाले नगर क्षेत्रमा मजदुरी गर्ने अति गरिब परिवारका ३९४ जनाको निःशुल्क स्वास्थ्य बिमा गरेको छ । स्वास्थ्य बिमा गर्ने यी मज्दुर मध्ये पहिलो चरणमा ६० जना गिटी कुट्ने मज्दुरलाई राहत प्याकेज बितरण सुरु गरेको हो ।

स्वास्थ्य बिमा गर्ने बाकी मज्दुरलाई दोस्रो चरणमा राहत प्याकेज बितरण गरिने उहाँले बताउनुभयो । स्वास्थ्य बिमा नगरेका समेटिन बाँकी अति गरिब परिवारका मज्दुरलाई तेस्रो चरणमा राहत प्याकेज बितरण गरिने नगरपालिकाले जनाएको छ ।

लकडाउनका कारण गिटी कुट्ने मजदुरको घरमा चुल्हो बल्ने अवस्था बन्द हुन लागेकाले उनीहरुलाई पहिलो प्राथमिकता दिई राहत प्याकेज बितरण सुरु गरिएको नगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया