शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

प्रधानमन्त्री ओली अस्पताल भर्ना

शुक्रवार , चैत्र १४, २०७६

 

काठमाडौँ,१४ चैत – प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि अस्पताल भर्ना हुनु भएको छ ।

बिहीबार राती ११ बजे प्रधानमन्त्री ओलीले असहज महसुस गरेपछि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको अस्पताल स्रोतले जनाएको छ ।

दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेपछि आराम गर्नुपर्ने भएता पनि धेरै धपेडी गरेपछि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या देखिएको स्रोतको भनाइ छ । दुई दिन अघि बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले करिब ४ घण्टा बिताउनु भएको थियो ।

ओलीको स्वास्थ्यस्थिति के कस्तो छ भन्ने बारे उहाँको सचिवालय र अस्पताल स्रोतले केही खुलाएको छैन् ।

ओली गत फागुन ३० गते सोही अस्पतालबाट दोस्रोपल्ट मिर्गौला प्रत्यारोपण गरि ११ दिनमा बालुवाटार फर्किनु भएको थियो ।

उहाँलाई डिस्चार्ज गर्ने समयमा चिकित्सकले उहाँ अझै पनि संक्रमणको जोखिममा रहेको भन्दै कडा सावधानी अपनाउन भनेका थिए । तर बालुवाटार फर्किएलगतै ओलीले राजनितिक भेटघाटलाई तीव्रता दिनु भएको थियो ।

प्रतिक्रिया