शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

सिन्धुलीमा निषेधाज्ञा जारी (फोटो फिचर)

मंगलवार , चैत्र ११, २०७६

सिन्धुली, ११ चैत – कोरोना भाईरसको सङक्रमण रोकथाम तथा न्युनिकरणका लागि सरकारले लकडाउन घोषणा गरेसँगै सिन्धुली जिल्लामा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

कोरोना भाईरसको रोकथाम र निर्मूल गर्न चैत ११ गते बिहान ६ बजेदेखि लागू हुनेगरी चैत १८ गते विहान ६ सम्मका लागि निषेधाज्ञा जारी गरीएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

 

निषेधाज्ञा उलंघन गर्ने व्यक्तिलाई कानून बमोजिम कारबाही गरिने प्रमुख जिल्ला अधिकारी योगन्द्रप्रसाद पाण्डेले जानकारी दिनुभयो ।

कार्यालयका अनुसार सो अवधिमा औषधी, उपचार, खाद्यवस्तु खरिद जस्ता अत्यावश्यक काममा बाहेक कुनै व्यक्ति घरबाट ननिस्कने, स्वास्थ्यकर्मी, सुरक्षा निकायले प्रयोग गर्नेबाहेक कुनै पनि प्रकारका सार्बजनिक तथा नीजि यात्रुबाहक सबारी साधान सञ्चालन गर्न नपाईने, स्वास्थ्य, सुरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, विद्युत, दुरसञ्चार, सुचना तथा सञ्चार, भन्सार, क्वारेन्टाईन, फोहोरमैला व्यवस्थापन जस्ता अति आवश्यक सेवासँग सम्बन्धित कर्मचारीले जिल्ला प्रशासन कार्यालयबाट अनुमिती पत्र लिई सेवा सञ्चालन गर्नु पर्ने छ ।

त्यसैगरी, औषधि तथा स्वास्थ्य उपकरण, खाद्य बस्तु, खानेपानी, दुध, ईन्धन उत्पादन गर्ने उद्योगका कर्मचारी बाहेक अन्य नीजि क्षेत्रका कर्मचारीहरु घरबाट ननिस्कने, अनुमती पत्र लिई व्यवसायिहरुले औषधि र औषधिजन्य सामग्रीहरुको नियमित आपूर्तिको व्यवस्था गर्ने सो अवधिमा व्यवस्था मिलाईएको उक्त कार्यालयले जनाएको छ ।

लकडाउन घोषणासँगै सिन्धुली जिल्लामा यातायाता, बजार ठप्प भएको छ । सधै भिडभाड हुने सरकारी कार्यालय, चिया पसल, सडकका चोक समेत सुनसान बनेको स्थानीय बासिन्दा बताउछन । बीपी राजमार्ग र मध्य पहाडी लोकमार्गमा समेत सुनसान बनेको छ ।

औषधि पसल र खाद्य पसल बाहेक बजार, गाडी सबै बन्द अवस्थामा रहेको तीनपाटन गाँउपालिकाका अध्यक्ष कर्णबहादुर थापाले बताउनुभयो । मानिसहरु घरमै सेल्फ क्वारेन्टाईन जसरी बसेका उहाँको भनाई छ ।

विहान ६ बजे पछि करिव ८ बजे सम्म सरकारले लागु गरेको लकडाउनका बारेमा थाहा नभएको भन्दै हिड्ेका केही मानिसहरु भेटिएपनि अहिले प्रहरीले उनीहरुलाई घर फर्कन आग्रह गरेको सिन्धुलीका प्रहरीउपरिक्षक रन्जु सिग्देलले जानकारी दिनुभयो ।

जिल्लामा नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी करिव ४ सय प्रहरी परिचालन गरि नागरिकलाई सुरक्षित घरमै बस्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनुभयो । अहिले सम्मको अवस्थालाई हेर्दा सिन्धुलीमा लकडाउनको पालना भएको मान्न सकिन्छ । जिल्लाका ९ ओटै स्थानिय तहहरुले पनि लकडाउन सफल बनाउन कडाई गरिरहेको बताएका छन् ।

प्रतिक्रिया