शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

एसइई परीक्षाको तयारी पुरा

आइतवार , फाल्गुण २५, २०७६

सिन्धुली, २५ फागुन– यस बर्षको माध्यमिक शिक्षा परिक्षा (एसईई) को सम्पूर्ण तयारी पुरा भएको छ । आगामी चैत्र ६ गते देखि सुरु हुने यस बर्षको एसईई परीक्षाको तयार लगभग सकिएको शिक्षा विकास तथा समन्वय ईकाई सिन्धुलीका प्रमुख नेत्र प्रसाद गजुरेलले बताउनुभएको छ ।

२६ वटा परीक्षा केन्द्रहरुका लागि परीक्षा केन्द्राध्यक्ष तोकि सकिएको, कम्प्युटर इन्ट्री, लेजरहरु र प्रवेश पत्रहरु विद्यालयहरुमा पठाइएको, सवै परीक्षा केन्द्रहरुमा उत्तर पुस्तीकाहरु पठाई सकिएको उहाँले बताउनुभयो । आगामी चैत्र ६ गतेबाट सुरु हुने यस बर्षको एसइई परिक्षामा जिल्लाबाट ५ हजार ८ सय १३ जना परीक्षार्थीहरु सहभागी हुदैछन् । जस मध्ये ८ जना बहिरा परीक्षार्थीहरु पनि एसईई परीक्षा सहभागी हुदैछन् । जिल्लाकै एक मात्र बहिराहरुले अध्ययन गर्ने नवज्योति बहिरा विद्यालय जशेदमारका कान नसुन्ने ४ जना छात्र र ४ जना छात्रा गरी ८ जनाले एसईईको परीक्षा दिन थालेका हुन् ।

यस बर्ष परीक्षामा जिल्लाका १ सय १६ सामुदायिक विद्यालय, २३ वटा निजी विद्यालय, ५ वटा प्राविधिकधारका र एउटा लटा÷बहिरा विद्यालयका गरी कुल १ सय ४१ वटा विद्यालयका परीक्षार्थीहरु सहभागी हुने शिक्षा समन्वय ईकाई सिन्धुलीका प्रमुख गजुरेलले जानकारी दिनुभयो । ग्रेडवृद्धिका लागि १ सय २३ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुने उहाँले बताउनुभयो ।

जिल्लामा खुल्ला स्कुलबाट ३२ जना परीक्षार्थी परिक्षामा सहभागी हुदैछन् । प्राविधिकधारतर्फ ५ वटा प्राविधिक विद्यालयका १ सय ८५ जना परीक्षार्थीहरु परिक्षामा सहभागि हुने छन् । जसमा कृषि प्राविधिकतर्फ प्रभात मावि रानीवास, कपिलाकोट मावि छाप र मावि लदाभिरका गरि एक सय जना र सिभिल इन्जिनियरिङ्तर्फ गौमति मावि माढीबजार र सरस्वति मावि डकाहाका ८५ जना परीक्षार्थीहरुले एसईई परीक्षा दिने उहाँले जानकारी दिनुभयो । जिल्लामा २६ वटा परिक्षा केन्द्रहरु तोकिएको छ । प्राविधिक तर्फका परीक्षाहरु जनज्योति मावि फोस्रेटार परीक्षा केन्द्रमा मात्रै संचालन हुनेछ । ग्रेडवृद्धिका परिक्षार्थीहरुको परिक्षा गौमति माविमा हुने भएको छ । परिक्षालाई मर्या्दित बनाउन अनुगमन तथा व्यवस्थापनलाई प्रभावकारी बनाईको उहाँको दावी छ । जिल्लाका २६ वटै परिक्षा केन्द्रमा उत्तरपुस्तिका पुर्‍याउने काम सम्पन्न गरिएको बताइएको छ ।

को’रोनाले अ’सर पार्दैन

विश्वभर फै’लिरहेको को’रोना भा’इरसका कारण सिन्धुलीको एसईई परीक्षामा कुनै अ सर नगर्ने प्रमुख गजुरेलले बताउनुभयो । को’रोनाका भा’ईरसको जो’खिमलाई ध्यान दिएर २६ ओटै परीक्षा केन्द्रमा एक/एक जना स्वास्थ्यकर्मीको व्यवस्था गरिदिनका लागि जिल्लाका सबै स्थानिय तहहरु र जिल्ला अस्पताललाई अनुरोध गरिएको उहाँले बताउनुभयो । को’रोनाका कारण परिक्षामा पर्न सक्ने अ’सर कम गर्न पुर्वतयारी गरिएकाले आ’तंकित नभई निर्धक्क भएर परीक्षा दिन उहाँले परीक्षार्थीहरुलाई आग्रह समेत गर्नुभएको छ । को’रोना भा’इरसको सम्भावित जोखिमलाई ध्यान दिएर कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा चैत ५ गतेभित्र सम्पन्न गरिसक्न सरकारले निर्देशन दिइएको छ । सोही अनुसार जिल्लाका स्थानिय तहहरुले कक्षा १ देखि ९ सम्मका वार्षिक परीक्षा चैत ५ गतेभित्र सक्ने गरी नयाँ परीक्षा तालिका सार्वजनिक गर्दै तयारी गरेका छन् ।

प्रतिक्रिया