शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

प्रधानमन्त्री ओलीलाई मृगौला दिने समिक्षा को हुन् ?

सोमवार , फाल्गुण १९, २०७६

काठमाडौँ ,१९ फागुन– प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मृगौला प्रत्यारोपण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा बुधबार हुँदैछ । डा.प्रेमराज ज्ञवालीको टोलीले ओलीको मृगौला प्रत्यारोपण गर्नेछन । भारतबाट पनि चिकित्सक झिकाइएको छ ।

ओलीलाई नातामा ‘भान्जी’ पर्ने समीक्षा संग्रौला ज्ञवालीले मृगौला दिन लाग्नुभएको हो । ३२ वर्षीया समीक्षा झापा चारआलीको हुनु हुन्छ । उहाँ प्रधानमन्त्री ओलीलाई पहिलोपटक मृगौला दिने अन्जान घिमिरेकी भान्जी हो ।

 

त्रिवि शिक्षण अस्पतालले आइतबार नै ओलीलाई मृगौला दिने महिलाको फाइल रेकर्ड बुक दर्ता गरेको छ । रेकर्डमा ‘श्रीमती समीक्षा संग्रौला ज्ञवाली (भान्जी), श्री केपी शर्मा ओली (मामा) । भान्जीले–मामालाई’ भनेर लेखिएको छ । ओलीलाई मिर्गौला दिने तयारी गरिएको र उहाँको जाँच समेत यसअघि नै गरिसकिएको छ ।

ओलीले १३ वर्षअघि भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा मृगौला प्रत्यारोपण गर्नु भएको थियो ।

प्रतिक्रिया