शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

गोलन्जोरमा सार्बजनिक विदा

बिहिवार , माघ ९, २०७६

सिन्धुली,९ माघ– सिन्धुलीको गोलन्जोर गाउँपालिकाले सोनाम ल्होछारको अबसरमा माघ १० गते सार्बजनिक विदाको घोषणा गरेको छ ।

तामाङ्ग समुदायको महानचाड सोनाम ल्होछारको अबसरमा माघ १० गते सार्वजनिक बिदा दिने निर्णय गरिएको गाँउपालिकाले जनाएको छ ।

गाँउपालिका अन्तर्गतका सम्पुर्ण सरकारी कार्यलयहरु, सामुदायिक तथा निजी विद्यालय, संघ संस्थालाई सार्वजनिक विदा दिने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत लोकबहादुर कुसारीले हस्ताक्षर गर्नु भएको सूचनामा जनाईएको छ ।

प्रतिक्रिया