पाँच दिनदेखि स्थिर रहेको सुनको मूल्य सोमवार बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार गत बुधबारदेखि बजारमा स्थिर रहेको सुनको मूल्य सोमवार ३ सयले बढेको छ ।
आइतवार बजारमा छापावाल सुन प्रतितोला ७१ हजार छ सयमा बिक्री भएको सुनको मुल्य सोमवार तोला ७१ हजार ९ सयमा बिक्री भएको र आइतवार तेजावी सुन प्रतितोला ७१ हजार तीन सय रुपैयाँमा बिक्री भएको सुनको मुल्य सोमवार तोला ७१ हजार छ सयमा कारोबार भइरहेको महासंघले जानकारी दिएको हो ।
यता, भने सोमवार प्रतितोला पाँच रुपैयाँ वृद्धि भएर तोलाको ८६० रुपैयाँमा कारोबार भइरहेको महासंघले बताएको छ ।