शनिवार, आश्विन १० गते २०८३

Saturday 26th September 2026

एउटाको अपराधको सजाय अर्कोलाई नदिन माग

शनिवार , मंसिर २८, २०७६

उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई नै सभामुख बनाउन मौलिक जरोकिलो पार्टीले माग गरेको छ ।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराएर सभामुख पदमा पुरुष व्यक्तिलाई निर्वाचित गराउन लागेको भन्ने समाचार सार्वजनिक भइरहेकोमा मौलिक जरोकिलो पार्टी, महिला विभागले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

बलात्कारको आरोप लागेर सभामुख पद रिक्त भएको अवस्थामा उपसभामुख तुम्बाहाम्फेलाई राजिनामा गराउनु भनेको एउटाको अपराधको सजाय अर्कोलाई दिनु जस्तै हो, जुन घोर अन्यायपूर्ण हुने महिला विभाग संयोजक हिराकुमारी लामिछानेले जारी गर्नुभएको विज्ञप्तिमा उल्लेख छ ।

“अर्कैले गरेको अपराध र एउटै पार्टी तथा लिङ्गका सभामुख र उपसभामुख हुन नपाउने संवैधानिक व्यवस्थाको कारण डा तुम्बाहाम्फेलाई पद छोड्न बाध्य पारिनु राजिनामा नभई ‘जवरजस्तीनामा’ हो”, उहाँले भन्नुभयो ।

उपसभामुखको कार्यसम्पादनको मुल्याङ्कन गरी तुम्बाहाम्फेलाई नै सभामुख बनाउनु न्यायसङ्गत हुने मौलिक जरोकिलो पार्टी, महिला विभागको ठहर छ ।

प्रतिक्रिया