नेपाली बजारमा मंगलवार सुनको मूल्य ४ सयले घटेको छ । सोमवार तोलामा ७१ हजार ६०० मा कारोबार भएको छापावाल सुनको मूल्य मंगलवार तोलामा ७१ हजार २०० र प्रति दश ग्रामको ६१ हजार ४५ रुपैयाँ रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजावी सुन तोलामा ७० हजार ९ सयमा र प्रति दश ग्रामको ६० हजार ७ सय ९० रुपैयाँ कारोबार भएको महासंघको भनाइ छ ।
चाँदी तोलाको ८५० र प्रति दश ग्रामको ७ सय २९ रुपैयाँ रहेका रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।